default_image

6 years ago

November 18, 2019

क्रिजमा टिक्नै नेपाली ब्याट्सम्यानको संघर्ष

148 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले समुह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशविरुद्ध रन जोड्न संघर्ष गरिरहेको छ ।

टस हारेर ब्याटिङ थालेको नेपालले २५ ओभरमा ७ विकेट गुमाउँदै मात्र ७८ रन बनाएको छ । ओपनर कुशल भुर्तेल २२ बलमा १ चौका सहित १० रनमा आउट भए । भुर्तेललाई सातौं ओभरको पाँचौ बलमा सुमन खानले सर्ट मिड अनमा सैयद मिन्हाजुल आबेदीनबाट क्याच आउट गराए ।

कप्तान ज्ञानेन्द्र मल्ल २७ बलमा ४ चौका सहित २२ रनमा आउट भए । मल्ललाई सुमन खानले नवौं ओभरको अन्तिम बलमा स्क्वायर लेग बाउन्ड्रीमा महदी हसनबाट क्याच आउट गराए । मल्ल र भुर्तेलले पहिलो विकेटका लागि ६.५ ओभरमा ३३ रनको साझेदारी गदै राम्रो सुरुवात दिएपनि २ रन जोडन ३ विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो ।

दशौं ओभरको दोस्रो बलमा तनवीर इस्लामले शरद भेषवकरलाई माहिदुल इस्लाम भुइयानबाट क्याच विहान्ड आउट गर्दै १ रनमा पेभिलिएन फर्काए । तनविरलेनै १४ ओभरको चौथो बलमा उप कप्तान दीपेन्द्र सिंह एरीलाई सुमनबाट ६ रनमा क्याच आउट गराएपछि नेपाल ४६– ४ को कमजोर अवस्थामा पुगेको छ । नेपालको विकेट पतन यतिकैमा रोकिएन ।

२१ ओभरको चौथो बलमा आरिफ शेखलाई महदी हसनले सुमनबाट ११ रनमा क्याच आउट गराए । आरिफले ३९ बलको सामना गरे । लगत्तै २२ ओभरको तेस्रो बलमा मिनहाजुल आबेदीनले सन्दीप जोरालाई शून्यमा एलबी डब्लू आउट गराए । २४ ओभरको दोस्रो बलमा सैयद मिन्हाजुल आबेदीले पवन सरार्फलाई ९ रनमा एलबी डब्लू आउट गरे । क्रिजमा विकेटकीपर विनोद भण्डारी ५ र सोमपाल कामी ६ रनमा खेलिरहेका छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.