default_image

6 years ago

November 18, 2019

नेपाललाई हराउँदै बंगलादेश इमर्जिङ कपको सेमिफाइनलमा

146 views

0 Bookmark

ढाका( हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेश नेपाललाई पराजित गर्दै एसीसी इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा पुगेको छ । सोमबार नेपालमाथि ८ विकेटको सहज जित निकालेसँगै समुह चरणको तीनै खेलमा जित निकाल्दै समुह बीको विजेताको रुपमा बंगलादेश सेमिफाइनलमा पुगेको हो ।

नेपालको अघिल्लो चरणको संभावना झिनो अंकगणितीय मात्रै बाँकी रहेको छ । जारी हङकङ र भारतबीचको खेल निर्णायक रहने छ । हङकङले भारतलाई हराउन सके नेपाल नेट रन रेटको आधारमा अघिल्लो चरणमा पुग्न सक्ने समिकरण छ । भारत विजयी भएको खण्डमा नेपालको अघिल्लो चरण सकिने छ । ३ सय २३ रनको विजयी लक्ष्य पछ्याएको हङकङको सुरुवात भने राम्रो रहेको छैन ।

नेपालले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । बंगलादेशको लागि ओपनर मोहम्मद नइमले ४५ रनको योगदान दिए । २१ ओभरको तेस्रो बलमा सुसन भारीले दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराउनु अघि नइमले ५६ बलमा ६ चौका प्रहार गरे । छैटौं ओभरको छैटौं बलमा करण केसीले सौम्य सरकारलाई सन्दीप जोराबाट ११ रनमा क्याच आउट गराएका थिए । सरकारले १७ बलमा १ छक्का प्रहार गरे । कप्तान नज्मुल सान्तो ५६ बलमा ६ चौका र २ छक्का सहित ५९ रनमा अविजित रहे । यासिर अली चौधरी १८ रनमा नट आउट रहे । उनले २ चौका र १ छक्का प्रहार गरे ।

त्यअघि टस हारेर ब्याटिङ थालेको नेपाल ४४.३ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । नेपालका लागि तल्लोक्रमका सोमपाल कामीले ६३ बलमा ४ चौका सहित ३८ रनको सर्वाधिक योगदान दिए । ओपनर कुशल भुर्तेलले २२ बलमा १ चौका सहित १० रनमा आउट भए । भुर्तेललाई सातौं ओभरको पाँचौ बलमा सुमन खानले सर्ट मिड अनमा सैयद मिन्हाजुल आबेदीनबाट क्याच आउट गराए ।

कप्तान ज्ञानेन्द्र मल्ल २७ बलमा ४ चौका सहित २२ रनमा आउट भए । ज्ञानेन्द्रलाई सुमनले नै नवौं ओभरको अन्तिम बलमा स्क्वायर लेग बाउन्ड्रीमा मेहदी हसनबाट क्याच आउट गराए । ज्ञानेन्द्र र कुशलले पहिलो विकेटका लागि ६-५ ओभरमा ३३ रनको साझेदारी गदै राम्रो सुरुवात दिएपनि त्यसपछि निरन्तर विकेट पतन हुँदा नेपाल सस्तैमा समेटिएको हो । दशौं ओभरको दोस्रो बलमा तनवीर इस्लामले शरद भेषवकरलाई माहिदुल इस्लाम भुइयानबाट क्याच विहान्ड आउट गर्दै १ रनमा पेभिलिएन फर्काए ।

तनविरलेनै १४ औं ओभरको चौथो बलमा उप कप्तान दीपेन्द्र सिंह एरीलाई सुमनबाट ६ रनमा क्याच आउट गराएपछि नेपाल ४६–४ को कमजोर अवस्थामा पुगेको थियो । २१ ओभरको चौथो बलमा आरिफ शेखलाई मेहदी हसनले सुमनबाट ११ रनमा क्याच आउट गराए । आरिफले ३९ बलको सामना गरे । लगत्तै २२ औं ओभरको तेस्रो बलमा मिन्हाजुल आबेदीनले सन्दीप जोरालाई शून्यमा एलबी डब्लू आउट गराए ।

२४ औं ओभरको दोस्रो बलमा सैयद मिन्हाजुल आबेदीनले पवन सरार्फलाई ९ रनमा एलबी डब्लू आउट गरे । आबेदीनलेनै विकेटकीपर विनोद भण्डारीलाई ८ रनमा एलवी डब्लू आउट गरे । नवौं विकेटका लागि सोमपाल कामी र करण केसीले ५० रनको साझेदारी गर्दै सम्मानजक योगफल सम्म पुर्याएका थिए । करणलाई मेहदी हसनले ४४ औं ओभरको पहिलो बलमा यासिर अलीबाट १८ क्याच गराउँदै साझेदारी तोडेका थिए ।

करणले ४७ बलमा १ चौका र छक्का प्रहार गरे । बंगलादेशका सैयद मिन्हाजुल आबेदीनले १० ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । तनविर सिंहले १० ओभरमा २ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए । सुमन खानले ८.३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । मेहदी हसनले ९ ओभरमा १ मेडन सहित २५ रन खर्चेर २ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.