default_image

6 years ago

November 18, 2019

पारस, सन्दीपसहित ८ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा

148 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सहित ७ खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्ट अन्तर्गत सिल्भर क्याटगेरिमा परेका छन् ।

सोमबार पीएसएलले सार्वजनिक गरेको सिल्भर क्याटगेरीमा पुर्व कप्तान पारस सहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी ड्राफ्टमा परेका हुन् । त्यस्तै लेग स्पिनर सन्दीप लामिछाने भने प्लेटिनम क्वाटगेरीमा रहेका छन् । जुन सबै भन्दा उच्च मुल्यको क्याटगेरी हो । सन्दीप रहेको क्याटगेरीमा अफगानिस्तानका राशिद खान, मोहम्मद नाबी, मुजिव उर रहमान, मोइन अली, एलेक्स हक्स, जोसन रोय, कोलिन मुनरो,जेपि ड्युमिनी, डेल स्टेन, सुनिल नारायण,काइरन पोलार्ड, ड्वेन ब्राभो लगातका खेलाडी रहेका छन् ।

पीएसएलमा खेलाडीलाई ५ क्याटगेरिमा राखिएको छ । जसमा इमर्जिङ क्याटगेरिका खेलाडीले ६.५ देखी ९.५ हजार अमेरिकी डलर पाउने छन् । त्यस्तै सिल्भरमा पर्नेले १५ देखी ३५ हजार अमेरिकी डलर पाउने छन् । गोल्ड क्वाटगेरीका खेलाडीले ४४ देखी ५८ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । डाइमन्ड क्याटगरिका खेलाडीले ७३ हजार देखी १ सय ३ पाउण्ड सम्म पाउने छन् । त्यस्तै प्लेटिनम क्वाटगेरीमा रहेका खेलाडीले १ लाख ४७ हजार देखी २ लाख १८ हजार अमेरिकन डलरसम्म प्राप्त गर्ने छन् ।

पीएसएलको ड्राफ्ट आगमी डिसेम्बर ६ र ७ मा हुने छ । एक टोलीले प्लेटिनम, गोल्ड र डाइमन्ड क्याटगेरीका ३–३ जना मात्र किन्न पाउने छ । सिल्भर क्वाटगेरीका ५ र इमर्जिङ २ प्लेयर राख्नुपर्ने हुन्छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.