6 years ago
November 18, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिएको छ । सोमवार समुह चरणको अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको नेपालको झिनो अंकगणितीय संभावना बाँकी रहेको थियो ।

सोमबारनै हङकङलाई भारतले १ सय २० रनले पराजित गरेपछि नेपालको अघिल्लो चरणको संभावना सकिएको हो । बंगलादेश तीन खेलमा तीनमा जित निकाल्दै समुह बी को विजतो बन्यो । बंगलादेशले समुह चरणमा हङकङलाई ९ विकेट र भारतलाई ६ विकेटले हराएको थियो । भारत तीन खेलमा २ मा जित र १ मा हारका साथ उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
समुह ए बाट पाकिस्तान विजेता र अफगानिस्तान उप विजेतका रुपमा सेमिफाइनलमा पुगेका छन् । पाकिस्तानले ३ खेलमा ३ मै जित निकाल्दै शीर्ष स्थानमा रह्यो । त्यस्तै अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हारका साथ उप विजेता हुँदै सेमिफाइनलमा पुगेको हो । ओमान तेस्रो र श्रीलंका जितविहीन हुँदै पुछारमा रहेर बाहिरियो ।
अब सेमिफाइनलमा बुधबार भारत र पाकिस्तान भिड्ने छन् । विहीबार दोस्रो सेमिफाइनलमा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा गर्ने छन् । फाइनल शनिवार हुने छ ।
नेपाल पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले हराएको थियो । अन्तिम समयमा यूएईले आन्तरिक कारण आफ्नो नाम फिर्ता लिएपछि नेपालले इमर्जिङ कप खेल्न पाएको थियो । तर पतियोगितामा नेपालको प्रर्दशन कमजोर रहयो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]