6 years ago
November 18, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एसीसी इमर्जिङ टिम्स एसिया कपमा भएका कमी कमजोरीलाई सुधार गर्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा राम्रो गर्ने बताएका छन् ।

इमर्जिङ टिम्स एसिया कपमा नेपाल बाहिरिएपछि हाम्रो खेलकुदसँग बोल्दै ज्ञानेन्द्रले नराम्रा कुरालाई बिर्सेर राम्रो कुरालाई सिक्दै सागमा राम्रो गर्ने बताएका हुन् । खेलपछि मल्लले सुरुवाती दुई खेलमा शून्यमा आउट हुँदा आफ्नो मनोबल केहि कमजोर समेत बनेको बताएका छन् ।
‘सुरुवाती दुवै खेलमा शून्यमा आउट भएपछि सुरुमा मनोबल लो नै थियो । क्रिकेट हो, हरके दिन एक हुँदैन भन्ने सोच थियो । सुरुवात राम्रो भएपनि अझ पनि निरन्तरता भएन । राम्रो सुरुवात पाएपछि टिम पनि राम्रो अवस्थामा थियो । विकेट गएपछि खेलमा फर्किननै सकेनौं’, ज्ञानेन्द्रले भने ।
‘यो विकेटमा सुरुसुरुमा गाह्रो हुन्छ । उनीहरुको बलर पनि राम्रो थियो । बंगलादेश सिनियर टोलीबाटै खेलेका बलर थिए । आज हाम्रो टोलीमा ब्याटिङ डेप्थ पनि थियो । एक्स्ट्रा ब्याट्सम्यान लिएर पनि खेलेका थियौं । उनीहरुका बलरले बल टर्न गराइरहे र हाम्रा ब्याट्सम्यानलाई दबाबमा राखे ।’

‘घरेलु मैदानमा हुन लागेको सागमा यो प्रतियोगिताबाट राम्रो कुरा गर्नेछौं’, ज्ञानेन्द्रले भने, ‘ कमजोरी सुधार गरेर कसरी अघि बढ्ने भन्ने सोच हुने छ । टि ट्वान्टी अलि फरक हुन्छ । सागमा घरेलु समर्थकको पनि साथ रहने छ ।’
‘भारत र पाकिस्तान आएका भए हाम्रो क्रिकेटको लागि पनि राम्रो हुन्थ्यो । अरु टिम पनि राम्रै छन्, भारत र पाकिस्तान नहाउँदा वाटो मात्र सहज भएको क्रिकेट भने अझैं खेल्नुपर्छ । लक्ष्य सधैं गोल्ड मेडलनै हो’, उनले भने ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]