default_image

6 years ago

November 20, 2019

‘भारत र पाकिस्तान नआउँदा खुसी हुन आवश्यक छैन’– कप्तान रुविना

256 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलुकद (साग) मा टेष्ट टोली भारत र पाकिस्तान नआउँदा खुसी हुन आवश्यक नरहेको बताएकी छिन् ।

सागको बन्द प्रशिक्षणमा टियु क्रिकेट मैदानमा अभ्यासको क्रममा रुविनाले यस्तो बताएकी हुन् । पाकिस्तान र भारत नआउँदा नेपाललाई स्वर्ण पदक जित्न सहज हुनेछ । तर रुविना बलियो टोलीलाई हराएर स्वर्ण जित्नुपर्ने बताउछिन् । ‘भारत र पाकिस्तान नआउँदा हामीलाई खासै असर पर्दैन । भारत र पाकिस्तानसँग खेल्न आतुर थियौं । उनीहरु आउनदैनन् भने खुसि हुन पनि जरुरी छैन । बरु हामी धेरै दुखी छौं । उनीहरुसँग प्रतिस्पर्धा गर्न पाइएन । जो टिम आएपनि हामी राम्रो क्रिकेट खेलेर देखाउने थियौ । उनीहरुसँग खेल्न पनि मज्जा आउथ्यो’,रुविनाले भनिन् ।

रुविनाले तयारी राम्रो भएको बताएकी छिन् । साउन अन्तिमबाट बन्द प्रशिक्षण थालेको नेपालले अघिल्लो साता नयाँ अनुहारको रुपमा अलराउन्डर सुमन खतिवडालाई समेट्दै आफ्नो अन्तिम टोली घोषणा गरेको थियो । वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) ले धेरै सहयोग गरेको बताइन् । ‘हामीलाई खेलको अनुभवको आवश्यकता थियो । डब्लूसिएलमा आफ्नो व्यक्तिगत भिडियो हरेर के कस्ता कमजोरी भए भन्ने थाहा हुन्छ र सुधार गर्न पाइन्छ । अली फरक प्रकारको क्रिकेट कसरी खेल्न सकिन्छ भनेर त्यसैमा प्रयास गरिरहेका छौं’, रुविनाले भनिन् ।

साग अघि नेपाली महिला टोलीले विदेशी टोली बोलाएर अभ्यास गर्ने बताएको थियो । तर साग आउन दश दिन बाँकी रहँदा समेत कुनै विदेशी टोलीको टुङ्गो छैन । ‘हाम्रो प्लान भारतको रेलवे टोलीसँग अभ्यास गर्ने थियो । कमजोर टोलीसँग खेलेर काम हुँदैन । अभ्यास त्यस्तो टोलीसँग खेल्नुपर्छ जसले हामीलाई हराउन सक्छ ।’ रुविनाले रेलवे टोली रणजी ट्रफीमा खेल्दै रहेका कारण आउन नपाएको बताइन् ।

डब्लूसिएलमा पूर्णफिट नदेखिएकी रुविनाले आफु ९० प्रतिशत फिट भएको बताएकी छिन् । त्यस्तै कप्तान रुविनाले कुनै पनि खेलाडीले एउटा प्रतियोगिता राम्रो खेल्दैमा राष्ट्रिय टिममा पर्छ भन्ने नहुने बताइन् । ‘युवा खेलाडीलाई हेर्नु पर्यो, तिनीहरुको क्षमता, प्रेसर हेन्डल गर्न सक्छन् वा सक्दैनन्,अनुभव लगात सबै कुरा हेर्नुपर्छ’, उनले भनिन् ।

डब्लूसिएलमा चितवन राइनोजलाई च्याम्पियन बनाउन उत्कृष्ट अलराउन्डर प्रर्दशन गरेकी सुमन खतिवडाको प्रशंसा गर्दै भनिन्, ‘सुमनमा राम्रो प्रतिभा छ । फिल्डिङमा जोश जागर छ । उनले नेपाली क्रिकेटको भविष्य राम्रो देखाएकी छिन् ।’ डब्लूसिएलमा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी रुविनाले उत्कृष्ट प्रर्दशनले मनोबल बलियो भएको बताइन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.