default_image

6 years ago

November 21, 2019

मेन्डिस श्रीलंकाको साग टोलीमा

183 views

0 Bookmark

एजेन्सी – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि श्रीलंकाले यू२३ टोली घोषणा गरेको छ । श्रीलंकाको सिनियर टोलीबाट खेलिसकेका दुबै हातले बलिङ गर्ने २१ वर्षिय युवा अलराउन्डर कामिन्डु मेन्डिसलाई उप कप्तानको जिम्मेवारी दिइएको छ ।

कामिन्डु दायाँ र बायाँ दुबै हातले स्पिन बलिङ गर्ने गर्दछन् । उनले श्रीलंकाबाट २ ओडीआई र ४ टि ट्वान्टी आई खेलेका छन् । गत वर्ष अक्टोबरमा कोलोम्बोमा इंग्ल्यान्डविरुद्ध टि ट्वान्टीमा डेब्यू गर्दै उनले २४ रन जोडेका थिए । कामिन्डुले श्रीलंकाबाट यू१९ विश्वकप खेलि सकेका छन् ।

त्यस्तै सागको लागि श्रीलंकाबाट एक दिवसिय क्रिकेट खेलिसकेका मध्य गतिका बलर आसिता फर्नान्डोलाई टोलीमा समेटेको छ । आसिता फर्नान्डोले १ ओडीआई, २७ प्रथम श्रेणी र ३५ लिष्ट ए खेलेका छन् । सन् २०१६ मा यू१९ विश्वकप खेलेका फर्नान्डो त्यसै वर्ष अष्टे«लियासँगको लागि टेष्ट सिरिजको लागि श्रीलंकाको टोलीमा परेका थिए । तर डेब्यू गर्न पाएनन् । उनले सन् २०१७ मा जिम्बावेविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए ।

श्रीलंकाले ब्याटिङ अलराउन्डर चरिथ असालांकालाई कप्तानको जिम्मेवारी दिएको छ । उनले ३१ प्रथम श्रेणी, ३२ लिष्ट ए र ७ टि ट्वान्टी एस खेलेका छन् । श्रीलंकाको घोषणा टोलीमा सबै युवा र प्रथम श्रेणीको अनुभव बटुलेका रहेका छन् । श्रीलंकाले यू१९, प्रथम श्रेणी र बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप खेलेका खेलाडीलाई सागमा मौका दिएको छ ।

साग मंसिर १५ देखी २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुने छ । जसको लागि नेपाली पुरुष टोलीले पनि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । सागमा पाकिस्तान र भारतको क्रिकेट टोली नआउने बताएका छन् ।

सागको लागि श्रीलंकाको टोली :

चरिथ आसालांका (कप्तान), कामिन्डु मेन्डिस (उप कप्तान), पथुम निसान्का, हसिता बोयागोडा, विश्व चनुरंग, अशीन बन्डारा, शम्मू अशान, निशान माधुष्का, जेहान डानियल, आसिता फर्नान्डो, कलाना परेरा, दुविन्दु तिलकरत्ने, सचिन्दु कोलोम्वेज र कविष्का अन्जुला ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.