6 years ago
November 21, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो टेष्टमा पाहुना टोली इंग्ल्यान्डले पहिलो दिनको खेल सकिँदा बलियो प्रर्दशन गरेको छ ।

पहिलो दिनको खेल सकिदा इंग्ल्यान्डले ९० ओभरमा २ सय ४१ रन जोड्न ४ विकेट गुमाएको छ । अलराउन्डर बेन स्टोक्स १ सय १४ बलमा ९ चौका सहित ६७ रनमा अविजित छन् । स्टोक्सलाई दोस्रो दिन ओल्ली पोपले १८ रनबाट साथ दिने छन् ।
इंग्ल्यान्डले पहिलो विकेटका लागि ५२ रनको सुदृढ सुरुवात पाएको थियो । डोम सिब्ले २२ रनको स्थितिमा डे ग्रान्डहोमको शिकार भएपछि घरेलु टोली खेलमा फर्किएको थियो । सिब्ले इंग्ल्यान्डका लागि टेस्टमा डेब्यु गरिरहेका छन् । त्यसपछि अर्का अोपनर रोरी बर्न्सले डेनलीसँग ६१ रनको साझेदारी थपे ।
बर्न्स १ सय ३८ बलमा ६ चौका सहित ५२ रनमा ग्रान्डहोमकै बलमा क्याचआउट भए । उनलाई कोलिन डि ग्राण्डहोमले विकेटकीपर विजे वालटिङबाट क्याच आउट गराए । जो डेनली १ सय ८१ बलमा ८ चौका र १ छक्का सहित ७४ रनमा क्याच आउट भए । चौथो विकेटका लागि स्टोक्स र डेनलीले ८३ रनको साझेदारी गरेका थिए ।
न्युजिल्यान्डका अलराउन्डर कोलिन डी ग्राण्डहोमले २, निल वाङ्गर र टिम साउथीले १–१ विकेट लिएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]