6 years ago
November 21, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को अक्सन आगमी पुष ३ मा कोलकतामा हुँदै छ । शुक्रबार सम्म सबैले आगमी सिजनको लागि टोलीमा रहने र फुकुवा हुने खेलाडीको नाम सार्वजनिक गरेका छन् ।
अक्सनमा सबैको लक्ष्य टोली बलियो बनाउन उत्कृष्ट खेलाडी अनुबन्ध गर्ने हुन्छ । एक टोलीलाई कम उपयोगि हुने खेलाडी अर्को टोलीको लागि भने महत्वपूर्ण हुन सक्छ । आफ्नो टोलीलाई आवश्यकता पर्ने खेलाडी भित्र्याउन हरेक फ्रेन्चाइज टोलीले करौडौं मुल्य खर्चिन पछि पर्दैनन् । आगमी सिजनको लागि फ्रेन्चाइज टोलीले फुकुवा गरेका ५ खेलाडी जो आगमी पुष ३ मा हुने अक्सनमा करोडौं मुल्यमा बिक्न सक्छन् ।
५. डेविड मिलर (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिका विश्फोटक ब्याट्सम्यान डेविड मिलरलाई किंग्स इलाभेन पञ्जावले फुकुवा गरेको छ । गत वर्ष पञ्जावबाट मिलरले १० खेलमा १ अर्ध शतक सहित २ सय १३ रन जोडेका थिए । उनको ब्याटिङ क्रममा लिएर कप्तान रविचन्द्रन आश्विनमाथि प्रश्न पनि उठेको थियो । फिनिसर समेत रहेका मिलर टि ट्वान्टीमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीमा पर्दछन् ।

मिलरले टि ट्वान्टी खेलमा ३५ बलमा दुई वर्षअघि बंगलादेशविरुद्ध शतक प्रहार गरेका थिए । उनलाई पञ्जावले अक्सनमा ३ करोड खर्चेर किनेको थियो । टि ट्वान्टी खेलनै हिटिङको खेल हो । ठूला सटका लागि मिलर परिचित छन् । अक्सनमा करोडको मुल्यमा बिक्न सक्ने छन् ।
४. डेल स्टेन (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिका तीब्र गतिका बलर डेल स्टेनलाई रोयल च्याल्यान्जर्स बेंगलोरले आगमी सिजनको लागि फुकुवा गरेको छ । गत वर्ष चोटका कारण स्टेनले २ खेल खेलेर बाहिरिएका थिए । २ खेलमा स्टेनले ४ विकेट लिएका थिए । स्टेन तीब्र गतिसँगै बान्सरबलका लागि परिचित छन् । बेंगलोरलाई खेलाडी प्रयोग गर्न नसक्ने टोली पनि भनिन्छ ।

स्टार खेलाडीले भरिपूर्ण बेंगलोरले प्रतियोगितामा निराश जनक प्रर्दशन गर्दै आएको छ । अझ एसियाली खेलाडीलाई तीब्र गतिका बलरमा रन जोड्न संघर्ष देखिन्छ । बेंगलोरले फुकुवा गरेपनि अन्य फ्रेन्चाइज टोलीको नजर स्टेनमाथि हुने अनुमान गरिएको छ ।
३. साम करन (इंग्ल्यान्ड)
इंग्ल्यान्डका बायाँ हाते २१ वर्षिय युवा अलराउन्डर साम करनलाई पञ्जावले आगमी सिजनको लागि फुकुवा गरेको छ । उनलाई गत वर्ष अक्सनमा पञ्जावले ७ करोड २० लाख भारतीय रुपैयाँ खर्चेको थियो । ८ खेलमा १ अर्ध शतक सहित ९५ रन जोडेका थिए । ९ खेलमा १ ह्याट्रिक सहित १० विकेट लिएका थिए । करनले गत वर्ष दिल्लीविरुद्ध ह्याट्रिक गर्दै अविश्सनिय जित दिलाएका थिए ।

करनले इंग्ल्यान्डबाट ११ टेष्ट, २ ओडीआई र ५ टि ट्वान्टी आई खेलि सकेका छन् । न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिजमा पनि करनले राम्रो प्रभाव छाडेका थिए । इंग्ल्यान्डकोे टेष्ट टोलीमा करन पहिलो रोजाईमानै पर्दै आएका छन् । हरेक टोलीको चाहाना टोलीमा अलराउन्डर राख्ने हुन्छ । सबै टोलीमा अलराउन्डरको आवश्यकता हुन्छ । अक्सनमा पञ्जाव बाहेक अन्य सबै टालीले करनमाथि मुल्य लगाउने अनुमान गरिएको छ ।
२. कोलिन मुनरो (न्युजिल्यान्ड)
न्युजिल्यान्डका ओपनर कोलिन मुनरोलाई दिल्ली क्यापिटल्सले आगमी सिजनको लागि फुकुवा गरेको छ । मुनरोलाई दिल्लीले फुकुवा गर्नुको मुख्य कारण टोलीमा तीन ओपनर हुनु हो । दिल्लीमा शिखर धवन र पृथ्वी शा ओपनरको रुपमा रहेका छन् । यी दुई जोडी जम्दा मुनरो ओझेलमा परेका थिए । मुनरोले गत वर्ष मध्यक्रममा ४ खेलमा ८४ रन जोडेका थिए ।

मुनरोलाई दिल्लीले सन् २०१८ मा १ करोड ९० लाख भारतीय रुपैंयामा अनुबन्ध गरेको थियो । मुनरो पछिल्लो समय लयमा समेत देखिएका छन् । मुनरोलाई चेन्नइ सुपर किंग्स, बेंगलोर, राजस्थान रोयल्स लगातका टोलीले करोड खर्चिन सक्छन् । यी तीनै टोली अक्सनमा उत्कृष्ट ओपनरको खोजिमा छन् । मुनरोले टि ट्वान्टी आईमा ३ शतक लगाई सकेका छन् ।
१. क्रिस लिन (अष्ट्रेलिया)
कोलकता नाइट राइडर्सले अट्रेलियाका ओपनर क्रिस लिनलाई फुकुवा गरेको छ । जुन निर्णय प्रति कोलकता पछुताउने पर्न सक्छ । गत वर्ष उत्कृष्ट प्रर्दशन गरेका लिनलाई कोलकताले सबैलाई आश्चर्य पार्दै फुकुवा गरेको हो । लिनले गत वर्ष १३ खेलमा ४ अर्धशतक सहित कुल ४ सय ५ रन जोडेका थिए । जसमा उत्कृष्ट प्रर्दशन ८२ रन रह्यो । ठूला सटका लागि परिचित लिनको स्ट्राइक रेट १ सय ३९ छ । गत वर्ष कोलकताले अक्सनमा लिनलाई ९ करोड ६० लाख भारतीय रुपैयाँ खर्चेको थियो ।

आगमी संस्करणको आइपीएलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले ओपनरलाई टोलीमा अनुबन्ध गर्ने संभावना देखिदैन । दिल्लीमा शिखर धवन र पृथ्वी शा तथा हैदराबादमा डेविड वार्नर र जोनी बेयरस्टोको ओपनरको रुपमा रहेका छन् । यी दुई टोली बाहेक अन्य सबै उत्कृष्ट ओपनरको खोजिमा देखिन्छन् । जसको लागि धेरै टोलीको नजरमा क्रिस लिन पहिलो रोजाईमा पर्ने अनुमान गरिएको छ । युएईमा जारी टि टेन लिगमा लिनले दमदार प्रर्दशन गरि रहेका छन् । टिम आबुधाबी विरुद्ध सोमवार ३० बलमा ९ चौका र ७ छक्का प्रहार गर्दै ९१ रनमा अविजित इनिङ खेल्दै सबै फे्रन्चाइज टोलीको मन लोभाइ सकाएका छन् । उनको यस प्रर्दशनले पनि अक्सनमा महँगो मुल्य पाउने अनुमान गरिएको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]