6 years ago
November 21, 2019
एजेन्सी – सौम्य सरकारको उत्कृष्ट अलराउन्ड प्रर्दशनसँगै एसीसी इमर्जिङ टिम्स एसिया कपमा अफगानिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ ।

बिहीबार दोस्रो सेमिफाइनलमा घरेलु टोली बंगलादेशले अफगानिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतलाई ३ रनले हराउँदै पाकिस्तान फाइनलमा पुगिसकेको छ । बंगलादेश र पाकिस्तानबीचको फाइनल शनिबार हुनेछ ।
अफगानिस्तानले प्रस्तुत गरेको २ सय २९ रनको लक्ष्य बंगलादेशले ३९.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । बंगलादेशका ओपनर सौम्य सरकारले ५९ बलमा समान ३ चौका र छक्का सहित ६१ रनको योगदान दिए । त्यस्तै कप्तान नज्मुल सान्तोले ५९ रन जोड्दा मोहम्मद नइम १७ रनमा आउट भए । अफिफ हुसेन ३६ बलमा ३ चौका र २ छक्का सहित ४५ तथा यासिर अली चौधरी ३८ रनमा अविजित रहे । अफगानिस्तानका अब्दुल नुरीले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो । अफगानिस्तानका अब्दुल रसुलले १ सय २८ बलमा समान ७ चौका र छक्का सहित १ सय १४ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । खराब सुरुवात गरेको अफगानिस्तानलाई सातौं विकेटका लागि अब्दुल र तारिक स्टानिकजई ८६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याएका थिए । तल्लोक्रमका सईद वहीदुल्ला शफाक ३४ र तारिक स्टानिकजईले ३३ रनको योगदान दिए ।
बंगलादेशका सौम्य सरकारले १० ओभरमा १ मेडन सहित ५८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हसन ३ र तनबीर सिंहले २ विकेट लिए । समुह बी मा रहेको नेपाल भारत र बंगलादेशसँग पराजित हुँदै समुह चरणबाटै बाहिरिएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]