default_image

6 years ago

November 21, 2019

कलन्दर्सविरुद्ध सन्दीपलाई दुई महत्त्वपूर्ण विकेट

170 views

0 Bookmark

एजेन्सी – टि टेन लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टि१० लिग अन्तर्गत कर्नाटक टस्कर्सबाट खेल्दै कलन्दर्सविरुद्ध दुई महत्त्वपूर्ण विकेट लिएका छन् । कलन्दर्सले कर्नाटकलाई १ सय ३१ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको कलन्र्दसले १० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३० रन बनायो । उसका ओपनर तथा विकेटकीपर टम ब्यानटनले विष्फोटक ८० रन जोडे । सन्दीपले एलबीडब्लू आउट गर्नुअघि उनले २८ बलमा ९ चौका र ६ छक्का प्रहार गरे । फिलिप साल्ट ११,लौरी इभान्स १७ र सल्तान अहमदले १३ रन जोडे ।

पाँचौ ओभरमा सन्दीपले २२ रन खर्चेका थिए । सन्दीपलाई पाँच ओभरको पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा इंग्ल्यान्डका युवा ओपनर खेलाडी टम ब्यानटनले छक्का प्रहार गरे । चौथो र पाँचौ बलमा १-१ रन खर्चे । अन्तिम बलमा ब्यानटनले चौका प्रहार गरेपछि उनी महँगो सावित भएका थिए ।

सन्दीपले सातौं ओभरमा उत्कृष्ट पुनरागमन गर्दै २ विकेट लिए । पहिलो बलमा इभान्सलाई १ र दोस्रो बलमा ब्यानटनलाई २ रन दिए । तेस्रो बलमा ब्यानटनले चौका प्रहार गर्दा चौथो बल डट राखे । पाँचौ बलमा सन्दीपले ब्यानटनलाई ८० रनमा एलबी डब्लू आउट गराए । अन्तिम बलमा सन्दीपले टम कोहलर क्याडमोरलाई शून्यमा बोल्ड आउट गरे ।

सम्रगमा सन्दीपले २ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । अहमद राजा २,नाथन रिममिनटन र केस्रिक विलियमसले १-१ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.