default_image

6 years ago

November 21, 2019

सन्दीप सम्मिलित कर्नाटक फेरि पराजित

146 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली कर्नाटक टस्कर्स टि टेन लिगमा पुन पराजित भएको छ । विहीबार कर्नाटक कलन्दर्ससँग ३२ रनले पराजित भएको हो ।

जितका लागि १ सय ३१ रनको विशाल लक्ष्य पछ्याएको कर्नाटक १० ओभरमा ९ विकेट गुमाउँदै ९८ रनमा समेटियो । उसका जोनसन चाल्र्सले २४, शफिकउल्लाह शफिक १२, रोश व्हाइटली १५ र रयान टेन डेस्काटेले २५ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । कर्नाटकका लागि ब्याटिङ गर्न आएका सन्दीपले अन्तिम ओभरमा लहिरु कुमाराको बलमा बोल्ड हुनुअघि ७ बलमा ५ रन जोडेका थिए । कलन्दर्सका सुल्तान अहमद र जर्ज गार्टनले समान २ विकेट लिए । लाहिरु कुमारा, मुजिव उर रहमान र क्रिस जोर्डनले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको कलन्दर्सले १० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । उसका ओपनर तथा विकेटकीपर टम ब्यान्टनले विश्फोटक ८० रन जोडे । सन्दीपले एलबी डब्लू आउट गर्नुअघि २८ बलमा ९ चौका र ६ छक्का प्रहार गरे । फिलिप साल्ट ११, लौरी इभान्स १७ र सुल्तान अहमदले १३ रन जोडे ।

पाँचौ ओभरमा सन्दीपले २२ रन खर्चेका थिए । सन्दीपलाई पाँच ओभरको पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा इंग्ल्यान्डका युवा ओपनर खेलाडी टम ब्यान्टनले छक्का प्रहार गरे । चौथो र पाँचौ बलमा १-१ रन खर्चे । अन्तिम बलमा ब्यान्टनले चौका प्रहार गरेपछि महँगो सावित भएका थिए ।

सन्दीपले ७ औं ओभरमा उत्कृष्ट पुनरागमन गर्दै २ विकेट लिए । पहिलो बलमा इभान्सलाई १ र दोस्रो बलमा ब्यान्टनलाई २ रन दिए । तेस्रो बलमा ब्यान्टनले चौका प्रहार गर्दा चौथो बल डट राखे । पाँचौ बलमा सन्दीपले ब्यान्टनलाई ८० रनमा एलबी डब्लू आउट गराए । अन्तिम बलमा सन्दीपले टम कोहलर क्याडमोर शून्यमा बोल्ड आउट गरे । सम्रगमा सन्दीपले २ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । अहमद राजा २, नाथन रिमिङटन र केस्रिक विलियमसले १-१ विकेट लिए ।

बुधबार मराठा अरिवेन्ससँग वर्षाको कारण खेल रद्ध भएको थियो । सोमवार डेस्कन ग्याडियटर्स र आइतबार बंगला टाइगर्ससँग समान ५ विकेटले पराजित भएको थियो । सोमवार पारस खड्का सम्मिलित टिम आबुधाबी र सन्दीपको टोली कर्नाटकबीच प्रतिस्पर्धा हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.