default_image

6 years ago

November 22, 2019

टि टेनमा आज पारस विरुद्ध सन्दीप

168 views

0 Bookmark

एजेन्सी – यूएईमा जारी टि टेन लिगमा नेपालका दुई स्टार खेलाडी पारस खड्का र सन्दीप लामिछाने सम्मिलित टोली एक अर्काविरुद्ध भिड्दै छन् ।

लेग स्पिनर सन्दीप कर्नाटक टस्कर्स र पुर्व कप्तान पारस टिम आबुधाबीमा सम्मिलित छन् । टिम आबुधाबी र कर्नाटकबीचको खेल राती ९ः४५ पछि शेख जायद स्टेडियममा सुरुहुने छ । सुरुवाती दुई खेलमा मौका पाएका पारसले त्यसयता प्लेइङ ११ मा छैनन् । दुवै खेलमा ब्याटिङतर्फ अन्त्यमा मौका पाएका पारस दुवैमा नट आउट रहे । कलन्दर्सविरुद्ध ३ र नर्थन वारियर्सविरुद्ध १ रनमा अविजित रहेका थिए । पहिलो खेल कलन्दर्ससँग टाई हुँदा आबुधावीले नर्थनलाई ६ विकेटले हराएको थियो ।

पारस तीनै खेलमा बेन्चमा बस्दा टिम आबु धाबीले २ मा हार र १ रद्ध भएको छ । मराठा अरिवियन्सँग २४, बंगला टाइगर्ससाग २७ र डेस्कन ग्याडियटर्सविरुद्ध वर्षाको कारण रद्ध भएको थियो । अघिल्लो चरणको आसा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । जितसँग नेट रन रेटमा पनि निर्भर रहने छ ।

पछिल्लो खेलमा बंगला टाइगर्सविरुद्ध टिम आबुधाबीले कमजोर ब्याटिङ गरेको थियो । उसका दुई ओपनर अविष्का फर्नान्डो र लुक राइट बाहेक अन्यले दोहोरो अंकमा रन छुन सकेका थिएनन् । त्यसैले आजको खेलमा टिम आबुधाबीले पारसलाई पहिलो रोजाईमा उर्तान सक्ने संभावना छ ।

कर्नाटकका लेग स्पिनर सन्दीपको कमजोरी बारे पारसलाई राम्रोसँग थाहा छ । पारसले सन्दीपलाई पछिल्लो तीन वर्षमा सिनियर टोलीबाट नियमित रेखदेख र नेतृत्व गर्दै आएका छन् । त्यसैले आजको खेलमा टिम आबुधाबीले मध्यक्रममा पारसलाई उतार्नसक्ने संभावना रहन्छ ।

यता सन्दीपको लागि प्लेइङ ११ नौलो कुरा छैन । प्लेइङ ११ निश्चित जस्तै हुँदा प्रर्दशन कस्तो रहन्छ भन्ने चाखको विषय हो । विहीबार सन्दीपले कलन्दर्ससँग २ ओभरमा ३० रन खर्चेर २ महत्वपूर्ण विकेट लिएका थिए । सन्दीपले विकेट लिएपनि पछिल्ला खेलमा महँगो सावित हुँदै आएका छन् । आजको खेलमा सन्दीपले आफ्नो रनलाई रोक्न खोज्ने छन् ।

यता सन्दीपको टोली पछिल्ला ४ खेल मध्य ३ मा पराजित भएको छ । कर्नाटक ५ खेलमा १ मा जित ३ मा हार सहित पुछारमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो । विहीबार कर्नाटक कलन्दर्ससँग ३२ रनले पराजित भएको थियो । सन्दीपको टोली ब्याटिङमा कमजोर देखिएको छ । पुछारमा रहेको सन्दीपको टोली कर्नाटकको अघिल्लो चरण भने समाप्त भई सकेको छ । सन्दीपको टोली आजको खेलमा विजयी भए ६ खेलमा ५ अंकमात्र हुँदा शीर्ष चारमा अट्ने छैन ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.