default_image

6 years ago

November 22, 2019

न्युजिल्यान्डमाथि इंग्ल्यान्डको दबाब

142 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो टेष्टमा पाहुना टोली इंग्ल्यान्डले दबाबमा राखेको छ । दोस्रो दिनको खेल सकिंदा पहिलो इनिङमा न्युजिल्यान्ड २ सय ९ रनले पछि छ ।

दोस्रो दिन न्युजिल्यान्डले ५१ ओभरमा १ सय ४४ रन बनाउन ४ विकेट गुमाएको अवस्थामा खेल सकिएको छ । तेस्रो दिन अर्थात शनिवार हेनरी निकोलस २६ र बिजे वाटलिङ ६ रनबाट खेल्ने छन् । ओपनर जित रावललाई ज्याक लेचले जो डेनलीबाट १९ रनमा क्याच आउट गराए । टम लाथमलाई साम करनले ८ रनमा एलवी डब्लू आउट गरे । साम करनलेनै कप्तान केन विलियम्सनलाई ५१ रनमा बेन स्टोक्सबाट क्याच आउट गराएपछि न्युजिल्यान्ड दबाबमा परेको हो । विलियम्सनले ८५ बलमा ७ चौका प्रहार गरे । रोश टेलरलाई स्टोक्सले २५ रनमा क्याच आउट गराएका थिए ।

शुक्रबार इंग्ल्यान्डले ९० ओभरमा २ सय ४१ रन जोड्न ४ विकेट गुमाएको अवस्थाबाट दोस्रो दिन थालेको थियो । इंग्ल्यान्ड १ सय २४ ओभरमा ३ सय ५३ रनमा अल आउट भयो । अलराउन्डर बेन स्टोक्स ९ रनले शतक बनाउन चुके । १ सय १ औं ओभरको पहिलो बलमा टिम साउथीले रोश टेलरबाट ९१ रनमा क्याच आउट गराएपछि शतक बनाउन चुकेका हुन् । स्टोक्सले १ सय ४६ बलमा १२ चौका प्रहार गरे । ओल्ली पोप २९, विकेटकीपर जस बटलर ४३, साम करन शून्य र जोफ्रा आर्चर ४ रनमा आउट भए । ज्याक लेच १८ रनमा नट आउट रहे ।

त्यसअघि पहिलो दिन डोम सिब्ले २२ रनको स्थितिमा कोलिन डी गा्रन्डहोमको शिकार भएपछि घरेलु टोली खेलमा फर्किएको थियो । सिब्ले इंग्ल्यान्डका लागि टेस्टमा डेब्यु गरिरहेका छन् । ओपनर रोरी बर्न्स १ सय ३८ बलमा ६ चौका सहित ५२ रनमा ग्रान्डहोमकै बलमा क्याचआउट भए । उनलाई ग्राण्डहोमले विकेटकीपर विजे वालटिङबाट क्याच आउट गराएका थिए। जो डेनली १ सय ८१ बलमा ८ चौका र १ छक्का सहित ७४ रनमा क्याच आउट भए ।

न्युजिल्यान्डका टिम साउथीले ३२ ओभरमा ७ मेडन सहित ८८ रन खर्चेर ४ विकेट लिए । निल वाग्रर ३, कोलिन डी ग्राण्डहोम २ र ट्रन्ट बोल्टले १ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.