default_image

4 years ago

November 22, 2019

वार्नरनको उत्कृष्ट शतकमा अष्ट्रेलियाको अग्रता

एजेन्सी – ओपनर डेविड वार्नरको उत्कृष्ट शतकसँगै पाकिस्तानसँगको पहिलो टेष्टमा अष्ट्रेलियाले ७२ रनको अग्रता लिएको छ । शुक्रबार दोस्रो दिनको खल सकिंदा अष्ट्रेलिया ८७ ओभरमा ३१२-१ को बलियो अवस्थामा छ । ओपनर डेविड वार्नर २ सय ६५ बलमा १० चौका सहित १ सय ५१ रनमा अविजित छन् । वार्नरको यो टेष्ट करिअरको २२ औं शतक […]

29 views

0 Bookmark

एजेन्सी – ओपनर डेविड वार्नरको उत्कृष्ट शतकसँगै पाकिस्तानसँगको पहिलो टेष्टमा अष्ट्रेलियाले ७२ रनको अग्रता लिएको छ । शुक्रबार दोस्रो दिनको खल सकिंदा अष्ट्रेलिया ८७ ओभरमा ३१२-१ को बलियो अवस्थामा छ ।

ओपनर डेविड वार्नर २ सय ६५ बलमा १० चौका सहित १ सय ५१ रनमा अविजित छन् । वार्नरको यो टेष्ट करिअरको २२ औं शतक हो । त्यस्तै अर्का ओपनर जो बर्न्स ९७ रनमा आउट हुन पुगे । अनुभवी स्पिनर यासिर शाहले ६१ ओभरको पाँचौ बलमा बोल्ड आउट गरेपछि बर्न्स आफ्नो टेष्ट करिअरको पाँचौ शतक पूरा गर्नबाट ३ रनले चुकेका थिए ।

पहिलो विकेटका लागि डेविड वार्नर र जो बर्न्सले ६०.५ ओ ओभरमा २ सय २२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । बर्न्सले १ सय ६६ बलमा १० चौका प्रहार गरे । मार्नस लाबुसेन ९४ बलमा ६ चौका सहित ५५ रनमा अविजित छन् । अष्ट्रेलियाका ब्याट्सम्यान सामु पाकिस्तानका बलर निरीह देखिएका छन् । यसै टेष्टबाट डेब्यू गरेका तीब्र गतिका १६ वर्षिय नसीम शाहले १६ ओभरमा ६५ रन खर्चिए ।

त्यसअघि बिहीबार पाकिस्तान पहिलो इनिङमा ८६.२ ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो । पाकिस्तानका असाद शफीकले १ सय ३४ बलमा ७ चौका सहित सर्वाधिक ७६ रनको योगदान दिए । शफिकलाई प्याट कमिन्सले ८२ औं ओभरको चौथो बलमा बोल्ड आउट गरेका थिए । ओपनर शन मसुद २७, कप्तान अजहर अली ३९, हरिस सोहेल र बाबर आजम १–१ रनमा आउट भए ।

तल्लोक्रममा विकेटकीपर मोहमम्मद रिजवान ३७ र यासिर शाह २६ रनमा आउट भए । तीब्र गतिका मिचेल स्टार्कले ४ र प्याट कमिन्सले ३ विकेट लिए । जोश हेजलवुडले २ र नाथन लायनले १ विकेट लिएका थिए ।

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एशिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसिसि प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जीङ टिम्स एशिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एशिया कपमा छनोट भएको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा […]

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

Success

Thank you for your time.