6 years ago
November 22, 2019
एजेन्सी – बंगलादेशसँगको ऐतिहासिक दोस्रो डे नाइट टेष्टमा भारत हावी बनेको छ । पहिलो दिनमै बंगलादेशलाई अलआउट गर्दै ब्याटिङ गरेको भारतले ६८ रनको अग्रता लिएको छ ।

भारत ४६ ओभरमा १ सय ७४ रन जोड्न ३ विकेट गुमाएको अवस्थामा पहिलो दिनको खेल सकिएको छ । उसका कप्तान विराट कोहली ९३ बलमा ८ चौका सहित ५९ रनमा अविजित छन् । अजिंक्या रहाणेले २३ रनमा अविजित छन् । ओपनर मयंक अग्रवाल १४ र रोहित शर्मा २१ रनमा आउट भए । त्यस्तै चेतेश्वर पुजारा १ सय ५ बलमा ८ चौका सहित ५५ रनमा क्याच आउट भए । बंगलादेशका एबादत हुसैनले २ र अल अमीन हुसैनले १ विकेट लिए ।
त्यस अघि इडेन गार्डेन कोलकतामा टस जितेर ब्याटिङ थालेको बंगलादेश मात्र ३०.३ ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटियो । बंगलादेशका ओपनर शदम्यान इस्लामले ५२ बलमा ५ चौका सहित सर्वाधिक २९ रन जोडे । इमरुल कायस ४, मोमीनुल हक, मोहम्मद मिथुन र मुश्फिकुर रहिम शून्यमा आउट भए । महमुदुल्लाह ६, लिटन दास २४ र नइम हसन १९ रनमा आउट भए ।
भारतका इशान्त शर्माले १२ ओभरमा ४ मेडन सहित २२ रन खर्चेर ५ विकेट लिए । उमेश यादव ३ र मोहम्मद शामीको नाममा २ विकेट रह्यो । पहिलो टेष्टमा भारत १ सय ३० रनको इनिङ अन्तरले विजयी भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]