default_image

6 years ago

November 22, 2019

टि१० लिग : पारस मैदानमा, सन्दीप बेन्चमा

178 views

0 Bookmark

एजेन्सी – यूएईमा जारी टि टेन लिगमा पारस खड्का सम्मिलित टिम आबुधाबीले सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टस जितेर टिम आबुधाबीका कप्तान मोइन अलीले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा टिम आबु धाबीले पारस खड्कालाई प्लेइङ ११ मा उतारेको छ । उता कर्नाटकले भने सन्दीपलाई बेन्चमा राखेको छ ।

पारसले सुरुवाती दुबै खेलमा ब्याटिङतर्फ अन्त्यमा मौका पाएका पाएका थिए । कलन्दर्सविरुद्ध ३ र नर्थन वारियर्सविरुद्ध १ रनमा अविजित रहेका थिए । पहिलो खेल कलन्दर्ससँग टाई हुँदा आबुधावीले नर्थनलाई ६ विकेटले हराएको थियो । पारस तीनै खेलमा बेन्चमा बस्दा टिम आबु धाबीले २ मा हार र १ रद्ध भएको छ ।

टिम आबुधाबीको प्लेइङ ११ :

अविष्का फर्नान्डो, लुक राइट,मोइन अली (कप्तान), वेन म्याडेसन, रमिज शहजाद, एलेक्स डेभिस, मार्चेट डी लेन्गे, हेडेन वाल्श, बेन लाफिलिन, हारी गुर्नी र पारस खड्का ।

कर्नाटकको प्लेइङ ११ :

जोशन चाल्र्स, उपर थरंगाा, शफिकउल्लाह शफिक, हसिम अमला, रोश व्हाइटली, रायन टेन डेस्काटे, अमिद राजा, नाथन रिमिनटन, ब्याटिक ब्राउन, सपुर जद्रान र क्रेसिक विलियम्स ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.