default_image

6 years ago

November 22, 2019

पारस सम्मिलित आबुधाबीको कर्नाटकलाई विशाल लक्ष्य

184 views

0 Bookmark

एजेन्सी – यूएईमा जारी टि टेन लिगमा नेपाली सिनियर क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित टिम आबुधाबीले सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्सलाई १ सय २९ रनको विशाल लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियममा टस जितेर ब्याटिङ थालेको टिम आबुधाबीले १० ओभरमा २ विकेट गुमाउँदै १ सय २८ रन बनायो । टिम आबुधाबीका ओपनर लुक राइट ३० बलमा समान ४ चौका र छक्का सहित ५७ रनमा अविजित रहे ।

कप्तान मोइन अली २१ बलमा १ चौका र ३ छक्का सहित ३५ रनमा रन आउट भए । ओपनर अविष्का फर्नान्डोले ३ रनमा क्याच आउट भए । वेन म्याडेसन ७ बलमा १ चौका र २ छक्का सहित २० रनमा अविजित रहे । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का प्लेइङ ११ रहेपनि ब्याटिङ गर्ने मौका पाएनन् । सन्दीप भने प्लेइङ ११ मै छैनन् ।

टिम आबुधाबी र कर्नाटकको लागि यो खेल प्रतिष्ठाको लडाइमात्र हुने छ । प्ले अफमा पुग्ने चार टोलीको टुङ्गो लागि सकेको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.