6 years ago
November 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग पुरुष क्रिकेट प्रतियोगितामा दुई टेष्ट राष्ट्रसहित ५ टोलीको सहभागिता रहनेछ ।
पुरुषमा श्रीलंका र बंगलादेशको यू२३ टोलीको सहभागिता रहने छ । त्यस्तै नेपाल सहित, भुटान र माल्दिभ्सको सिनियर टोलीले प्रतिस्पर्धा गर्ने छन् । यस अघि समुह बाइएपनि भारत र पाकिस्तान नआउने भएपछि लिग हुने भएको छ । लिग चरणपछि शीर्ष दुई टोली फाइनलमा भिड्ने छन् । कास्य पदक अर्थात तेस्रो स्थानमा लागि लिग चरणका तेस्रो र चौथो स्थानका टोलीबीच प्रतिस्पर्धा हुने छ ।
नेपालले पहिलो खेल श्रीलंका यू२३सँग मंसिर १७ मा खेल्ने छ । मंसिर १९ मा नेपालले भुटानसँग खेल्ने छ । मंसिर २० मा नेपालले माल्दिभ्ससँग खेल्ने छ । मंसिर २१ मा नेपालले बंगलादेश यू२३सँग खेल्ने छ । मंसिर २३ मा कास्य पदको लागि लिग चरणका तेस्रो र चौथो स्थानका टोलस् भिड्ने छन् ।
मंसिर २४ मा स्वर्ण पदका लागि लिग चरणका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुने छ । सबै खेल टीयू क्रिकेट मैदानमा हुने छन् । फाइनल, पहिलो खेल, र कास्य पदको लागि खेल विहान ११ बजेबाट सुरु हुने छ । लिग चरणका खेल विहान ९ र दिउँसो १ बजेपछि सुरु हुने छ ।

December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]