6 years ago
November 23, 2019
एजेन्सी– पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ । शनिवार फाइनल खेलमा घरेलु टोली बंगलादेशलाई ७७ रनले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो ।

पाकिस्तानले प्रस्तुत गरेको ३ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ४३.३ ओभरमा अल आउट हुँदै २ सय २४ रनमा समेटियो । बंगलादेशका लागि अफिफ हुसैनले ५३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए ।
मोहम्मद नइम शेख १६, सौम्य सरकार १५, कप्तान नज्मुल सान्तो ४६, यासिर अली २२ र मेहदी हसनले ४२ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । पाकिस्तानका मुहम्मद हसनैनले ३, खुशदील शाह र सैफ बदरले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १ रन बनाएको थियो । विकेटकीपर रोहेल नाजिरले १ सय ११ बलमा १२ चौका र ३ छक्का सहित १ सय १३ रनको शतकीय इनिङ खेले । त्यस्तै इमरान रफिक ६२, साउद शकिल ४२, हैदर अली खान २६ र खुशदील शाहले २७ रन जोडे । बंगलादेशका सुमन खानले ३, हसन महम्मदले २ र मेहदी हसनले १ विकेट लिए ।
इमर्जिङ कपमा नेपालले पनि सहभागिता जनाएको थियो । समुह बी मा रहेको नेपाल भारतसँग ७ विकेट र बंगलादेशसँग ८ विकेटले पराजित हुँदै समुह चरणबाटै बाहिरिएको थियो । नेपालले हङकङलाई भने ४० रनले हराएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]