default_image

6 years ago

November 24, 2019

वाटलिङको कीर्तिमानी दोहोरो शतकमा न्युजिल्यान्डको विशाल योगफल

154 views

0 Bookmark

एजेन्सी – विकेटकिपर बिजे वाटलिङले कीर्तिमानी दोहोरो शतक प्रहार गरेपछि इंग्ल्यान्डसँगको पहिलो टेष्टमा घरेलु टोली न्युजिल्यान्डले विशाल योगफल तयार पारेको छ । चौथो दिनको खेल सकिदा न्युजिल्यान्डले २ सय ७ रनको अग्रता कायम राखेको छ । दोस्रो इनिङमा इंग्ल्यान्ड २७.४ ओभरमा ५५-३ को कमजोर अवस्थामा छ ।

चौथो दिनको अन्तिम बलमा मिचेल सान्टनारले ज्याक लेचलाई शून्यमा आउट गरे । जो डेनली ७ रनमा अविजित छन् । ओपनर रोरी बर्न्स ३१ र डोमिनिक शिब्लीलाई १२ रनमा मिचेल सान्टनारले क्याच आउट गराए । न्युजिल्यान्डले २ सय १ ओभरमा ६१५-९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गर्यो ।

न्युजिल्यान्डका विकेटकिपर बिजे वाटलिङले २ सय ५ रनको दोहोरो शतकीय इनिङ खेल्दै कीर्तिमान रचे । न्युजिल्यान्डबाट टेष्टमा विकेटकीपरको रुपमा दोहोरो शतक पुरा गर्ने बिजे पहिलो ब्याट्सम्यान बनेका छन् । दुई सय ओभरको अन्तिम बलमा जोफ्रा आर्चरले
विकेटकिपर जस बटलरबाट क्याच आउट गराउनु अघि वाटलिङले ४ सय ७३ बलमा २४ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै आठौं नम्बरमा ब्याटिङ गर्न आएका स्पिनर मिचेल सान्टानरले करिअरकै पहिलो टेष्ट शतक प्रहार गर्दै १ सय २६ रन जोडेपछि न्युजिल्यान्डले विशाल योगफल तयार पारेको हो । साम करनले ओल्ली पोपबाट क्याच आउट गराउनुअघि सान्टनारले २ सय ६९ बलमा ११ चौका र ५ छक्का प्रहार गरे ।

सातौं विकेटका लागि वाटलिङ र सान्टनारले २ सय ६१ रनको साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याए । जुन न्युजिल्यान्डलाई सातौं विकेटका लागि गरेको हालसम्मकै उच्च साझेदारी हो । तेस्रो दिन अलराउन्डर कोलिन डी गा्रन्डहोम ६५, ओपनर जित रावल १९, टम लाथम ८, कप्तान केन विलियम्सनलाई ५१, रोश टेलर २५ र हेनरी निकोल ४१ रनमा आउट भएका थिए ।

इंग्ल्यान्डका युवा खेलाडी साम करनले ३, ज्याक लेच र बेन स्टोक्सले समान २ विकेट लिए । जोफ्रा आर्चर र कप्तान जो रुटले १-१ विकेट लिए । पहिलो इनिङमा इंग्ल्यान्ड १ सय २४ ओभरमा ३ सय ५३ रनमा अल आउट भएको थियो । अलराउन्डर बेन स्टोक्सले ९१ रनको योगदान दिए ।

स्टोक्सले १ सय ४६ बलमा १२ चौका प्रहार गरे । डेनली ७४, रोरी बर्न्स ५२, ओल्ली पोप २९, विकेटकीपर जस बटलर ४३, साम करन शून्य र जोफ्रा आर्चर ४ रनमा आउट भए । न्युजिल्यान्डका टिम साउथीले ४, निल वाग्रर ३, कोलिन डी ग्राण्डहोम २ र ट्रन्ट बोल्टले १ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.