6 years ago
November 24, 2019
एजेन्सी – पाकिस्तानसँगको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलिया इनिङ अन्तरले विजयी भएको छ । पाकिस्तान दोस्रो इनिङमा ८४.२ ओभरमा ३ सय ३५ रनमा अल आउट भएपछि ५ रनको इनिङ अन्तरले अष्ट्रेलिया विजयी भएको हो ।
पाकिस्तानका लागि युवा खेलाडी बाबर आजमले १ सय ४ रनको शतकीय इनिङ खेलेपनि इनिङ अन्तरको हार टार्न सकेनन् । टेष्ट करिअरको दोस्रो टेष्ट शतक पुरा गरेका आजमले १ सय ७३ बलमा १३ चौका प्रहार गरे । आजमलाई स्पिनर नाथन लायनले कप्तान टिम पेनबाट क्याच आउट गराए ।
त्यस्तै विकेटकीपर मोहम्मद रिजवान १ सय ४५ बलमा १० चौका सहित ९५ रनमा क्याच आउट हुँदै शतक पुरा गर्न चुके । ओपनर शन मसुद र यासिर शाहले समान ४२ रनको योगदान दिए । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका तीब्र गतिका बलर जोश हेजलवुडले ४, मिचेल स्टार्कले ३, प्याट कमिन्सले २ र नाथन लायनले १ विकेट लिए ।
अष्ट्रेलियाले पहिलो इनिङमा ५ सय ८० रन जाडेको थियो। उसका मार्नस लाबुसेनले २ सय ७९ बलमा २० चौका सहित सर्वाधिक १ सय ८५ रनको योगदान दिए । उनको यो टेष्ट करिअरको पहिलो शतक हो । मार्नसलाई शाहिन अफ्रिदीले बाबर आजमबाट क्याच आउट गराए । त्यस्तै ओपनर डेविड वार्नरले १ सय ५४ रनको योगदान दिए ।
वार्नरलाई १६ वर्षिय युवा खेलाडी नसीम शाहले मोहम्मद रिजवानबाट क्याच आउट गराएका थिए । नसीमको टेष्ट करियरको पहिलो विकेट हो । वार्नरको यो टेष्ट करिअरमा २२ औं शतक पर्दछ ।वार्नरले २ सय ९६ बलमा १० चौका प्रहार गरे । जो बर्न्स ९७, स्टिभ स्मिथ ४, मेथ्यू वेड ६०, ट्रविस हेड २४ रनको योगदान दिए । पाकिस्तानका स्पिनर यासिर शाहले ४, शाहिन अफ्रिदी र हरिस सोहेलले समान २ विकेट लिए । नसीम शाह र इमरान खानको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि पहिलो इनिङमा पाकिस्तान ८६.२ ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो । पाकिस्तानका असाद शफीकले सर्वाधिक ७६ रनको योगदान दिए । ओपनर शन मसुद २७, कप्तान अजहर अली ३९, मोहमम्मद रिजवान ३७, यासिर शाह २६, हरिस सोहेल र बाबर आजम १–१ रनमा आउट भए । तीब्र गतिका मिचेल स्टार्कले ४ र प्याट कमिन्सले ३ विकेट लिए । जोश हेजलवुडले २ र नाथन लायनले १ विकेट लिएका थिए । दोस्रो टेष्ट आगमी शुक्रबार देखी एडिलेडमा सुरुहुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]