default_image

4 years ago

November 24, 2019

बंगलादेशमाथि भारतको कीर्तिमानी जित

एजेन्सी – भारतले बंगलादेशसँगको दोस्रो डे नाइट टेष्टमा कीर्तिमानी जित हात पारेको छ । आइतबार बंगलादेशलाई ४६ रनको इनिङ अन्तरले पराजित गर्दै भारतले कीर्तिमान रचेको हो । यससँगै भारतले लगातार चार खेलमा इनिङ अन्तरले विजयी हुने भारत पहिलो टेष्ट टोली बनेको छ । यस अघि पहिलो टेष्टमा भारतले बंगलादेशलाई १ सय ३० रनको इनिङ अन्तरले […]

57 views

0 Bookmark

एजेन्सी – भारतले बंगलादेशसँगको दोस्रो डे नाइट टेष्टमा कीर्तिमानी जित हात पारेको छ । आइतबार बंगलादेशलाई ४६ रनको इनिङ अन्तरले पराजित गर्दै भारतले कीर्तिमान रचेको हो ।

यससँगै भारतले लगातार चार खेलमा इनिङ अन्तरले विजयी हुने भारत पहिलो टेष्ट टोली बनेको छ । यस अघि पहिलो टेष्टमा भारतले बंगलादेशलाई १ सय ३० रनको इनिङ अन्तरले हराएको थियो । गत अक्टोबरमा दक्षिण अफ्रिकालाई तीन टेष्ट अन्तर्गत दोस्रो खेलमा १ सय ३७ र तेस्रो तथा अन्तिम खेलमा २ सय २ रनको इनिङ अन्तरले हराएको थियो ।

दोस्रो इनिङ बंगलादेश ४१.१ ओभरमा १ सय ९५ रनमा अल आउट भयो । उसका अनुभबी खेलाडी मुश्फिकुर रहीमले ९६ बलमा १३ चौका सहित ७४ रनको योगदान दिए ।

महमुदुल्लाह ३९ रनमा रिटायर्ट हर्ट भए । ओपनर शदम्यान इस्लाम शून्य, इमरुल कायस ५, कप्तान मोमीनुल हक डक, विकेट कीपर मोहम्मद मिथुन ६, मेहदी हसन १५ र ताइजुल इस्लाम ११ रनमा आउट भई सकेका छन् । भारतका लागि तीब्र गतिका बलर उमेश यादवले ५ र इशान्त शर्माले ४ विकेट लिए ।

त्यसअघि ८९.४ ओभरमा भारतले ३४७–९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । कप्तान विराट कोहलीले १ सय ३६ रनको शतकीय इनिङ खेले । कोहलीले १ सय ९४ बलमा १८ चौका प्रहार गरे । कोहलीको यो टेष्ट करिअरको २७ औं शतक हो ।

ओपनर रोहित शर्मा २१, मंयक अग्रवाल १४, चेतेश्वर पुजारा ५५, अजिंक्या रहाणे ५१, रविन्द्र जडेजा १२, रिद्धीमान शाह १७, रविचन्द्रन आश्विन ९ र मोहम्मद शामीले १० रन जोडे । बंगलादेशका एबादत हुसैन र अल अमीन हुसैनले समान ३ विकेट लिए । आबु जायद २ र ताइजुल इस्लामले १ विकेट लिए ।

पहिलो इनिङमा बंगलादेश ३०.३ ओभरमा १ सय ६ रनमा अल आउट भएको थियो। बंगलादेशका ओपनर शदम्यान इस्लामले ५२ बलमा ५ चौका सहित सर्वाधिक २९ रन जोडे । महमुदुल्लाह ६, लिटन दास २४ र नइम हसन १९ , इमरुल कायस ४, मोमीनुल हक, मोहम्मद मिथुन र मुश्फिकुर रहिम शून्यमा आउट भए । भारतका इशान्त शर्माले १२ ओभरमा ४ मेडन सहित २२ रन खर्चेर ५ विकेट लिएका थिए । उमेश यादव ३ र मोहम्मद शामीले २ विकेट लिए । योसँगै दुई टेष्ट भारतले २-० ले जितेको छ । इशान्त शर्मा प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज चुनिए ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.