default_image

6 years ago

November 24, 2019

‘टोलीकै आवश्यकताले ओपनिङ गरेको हुँ’ – कप्तान ज्ञानेन्द्र

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लको पछिल्लो प्रर्दशन सन्तोकजन छैन । लगातार खराब प्रर्दशन गरि रहँदा समर्थकले सामाजिक सञ्जालमा चर्को आलोचना ब्यक्त गर्दै आएका छन् ।

पछिल्ला पाँच अन्तर्राष्ट्रिय इनिङमा ज्ञानेन्द्र ३ मा खाता खोल्न सकेका छैनन् । शनिवार बंगलादेशमा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि ज्ञानेन्द्रको प्रर्दशन खराब रह्यो । ज्ञानेन्द्र भारत र हङकङसँग शून्यमा आउट भए । जसले उनको आलोचना झनै बढ्यो ।

धेरैले ज्ञानेन्द्रको प्रर्दशनलाई लिएर प्रश्न उठाई रहेका छन् । केहि क्रिकेट जानकारहरु भने मल्ललाई ओपनिङ नफापेको र ब्याटिङक्रमा अन्याय भएको बताउछन् । सन् २०१६ मा आईसीसी वोल्ड क्रिकेट लिग च्याम्पियनशिपमा कीर्तिपुरमा नामिबियासँग देखी ज्ञानेन्द्र ओपनिङमा आएका थिए । त्यअघि मल्लले तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दथे ।

त्यसयता एकदिवसिय खेलमा ओपनिङ गर्दै आएका ज्ञानेन्द्रले सन् २०१७ मा यसै लिग अन्तर्गत कीर्तिपुरमै केन्यासँगको दोस्रो खेलमा ६४ रनको अविजित इनिङनै उनले खेलेको ठूलो इनिङ हो । शीर्षक्रमका तथा प्रमुख ब्याट्सम्यान ज्ञानेन्द्रले ठूलो इनिङ खेल्न नसक्दा शीर्षक्रमका ब्याट्सम्यानलाई दबाब थपिएको छ ।

ज्ञानेन्द्रलाई तपाईलाई ओपनिङ नफापेको हो भन्ने प्रश्नमा आफुले आफ्नो लागि नभएर टोलीको लागि गरेको जवाफ दिएका छन् ।

‘मलाई ओपनिङ फापेन वा नफापेन भन्दा पनि टिमको आवश्यकता मेरो पहिलो प्राथमिकता हो । टिमलाई चाहिन्छ भनेर त्यसको लागि तयार भएरै मैले गरेको हु । कतिपय ठाउँमा ओपनिङ गर्दा राम्रो भएको पनि छ । ठूलो स्कोर चाहिँ भएको छैन । टिमको लागि चाहिने स्कोर गरेको हो । ओपनिङ मलाई फाप्छ वा फाप्दैन भन्दा पनि टिमको लागि मैले कहाँबाट योगदान दिनसक्नु भन्ने महत्वपूर्ण हुन्छ’, उनले भने ।

आगमी दिनमा म भन्दा राम्रो ओपनर आउँछ भने म आफ्नो पुरानै स्थानमा पनि फर्किन पनि सक्छु । रन नबन्दा पक्कौ पनि दबाब हुन्छ । आज राम्रो नगरे पनि भोली राम्रो गर्नुपर्छ । आज राम्रो गरेपनि भोली राम्रो गर्नुपर्छ’। टि ट्वान्टी र एक दिवसिय फरक शैलीको खेल हो । अव टि ट्वान्टीमा जोड दिनुपर्छ, मल्लले भने ।

‘मल्लले १३ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको लक्ष्य स्वर्ण जित्ने बताए । हाम्रो लक्ष्य स्वर्ण जित्ने हो । घरेलु मैदान र समर्थकको फाइदा उठाउन सक्नुपर्छ, मल्लले भने । उता इमजिङ कपको प्रर्दशनलाई भुलेर सागमा राम्रो गनुपर्ने बताउछन् । एक दिवसिय र टि ट्वान्टी फरक हो । हामी टि ट्वान्टीको लागि तयार छौं । सागमा लेग स्पिनर सन्दीप लामिछाने र पुर्व कप्तान पारस खड्काको पुनरागमनले टोली बलियो बन्ने छ’, मल्लले भने ।

सागमा सबै खेलाडीले अवसरको रुपमा लिएको मल्ल बताउछन् । ‘सागमा भारत पाकिस्तान नआउँदा हामीलाई मेडलको हिसाबले फाइदा हुन्छ । तर उनीहरु आएको भए अझ राम्रो हुन्थ्यो । स्वर्ण जित्ने हो भने श्रीलंका र बंगलादेशलाई हराउनसक्नुपर्छ’, मल्लले भने ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.