default_image

6 years ago

November 25, 2019

साग : महिला क्रिकेटको भविष्य बदल्ने अवसर

186 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

सफलतासँगै लोकप्रियता जोडिएर आउँछ । लोकप्रियता त्यति बेला बढ्छ जव सबैले असम्भव मानेको काम सम्भव बन्न पुग्छ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई माथि उठ्न यस्तै ठूलो सफलताको आवश्यकता छ ।

सन् २००७ देखी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको महिला टोली हालसम्म उपाधिविहीन छ । वर्षमा चाडपर्व जस्तै सिमित घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताले महिला क्रिकेटलाई बचाइराख्नु भन्दा अन्य खासै ठूलो उपलब्धि छैन । यसै साता देखी सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेट टोलीलाई भविष्य निर्माण गर्ने सुनौलो अवसरको रुपमा हेरिएको छ । घरेलु समर्थक र घरेलु मैदानको साथ, उपाधिको लागि एक दशकको भोक अनि सरकारले सेवा सुविधामाथि गरेको विभेदले साँच्चै महिला क्रिकेटरमा स्वर्ण जित्ने इख देखिन्छ ।

चार महिना देखि बन्द प्रशिक्षणमा रहेको महिला टोलीबाट सागमा स्वर्णको आशा राखिएको छ । दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकालाई पछि पारेर स्वर्ण चुम्न सहज छैन । असम्भव पनि देखिदैन । घरेलु मैदान र समर्थकको साथ अनि क्रिकेट प्रतिको त्यो भोक साँच्चै मैदानमा पोख्न सके इतिहास रच्ने संभावना देखिन्छ । भनिन्छ, च्याम्पियन बन्न च्याम्पियन टोलीलाई हराउनुपर्छ । युवा अलराउन्डर सुमन खतिवडा, आक्रामक ब्याट्सवुमन डली भट्ट र तीव्र गतिकी बलर कविता कुँवर जस्ता युवा खेलाडीले उत्साह झनै थपेको छ ।

कस्तो छ नेपाली टोली ?

नेपाली पुरुष टोलीलाई ऐतिहासिक वान डे मान्यता दिलाउने प्रशिक्षक जगत टमाटाले महिला टोलीलाई प्रशिक्षण दिई रहेका छन् । चार महिनाको अभ्यास, वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को प्रर्दशन र अन्तिम घोषणा टोली हेर्दा बलियो देखिन्छ । डब्लूसिएलमा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी कप्तान रुबिना क्षेत्री बेलबासे टोलीको प्रमुख हतियार हुन् । डब्लूसिएलमै उत्कृष्ट ब्याट्सवुमेन घोषित भएकी काजल श्रेष्ठ विकेटकीपर साथै ओपनरको भुमिका निर्वाह गर्नेछिन् । उनलाई ओपनरको रुपमा सोनु खड्काले साथ दिने संम्भावना छ । शीर्षक्रममा सिता राना मगर, रोमा थापा, अप्सरी बेगम र इन्दु बर्मा रहने छन् ।

मध्यक्रममा कप्तान रुबिनासँगै सरिता र कविता छन् । सुमन खतिवडा (शान्ति) र आक्रामक डली भट्टलाई हिटरको जिम्मा दिइने छ । तीव्र गतिको बलरको रुपमा अन्जली चन्द, सुमन र कविता रहने छन् । स्पिनरको रुपमा करुणा भण्डारीसँगै रुबिना, सोनु, सिता मगर रहने छिन् । क्षमता अनुसारको प्रर्दशन गर्ने हो भने नेपालले दुबै टेष्ट राष्ट्रलाई कडा टक्कर दिदै आश्चर्य नतिजा निकाल्न सक्छ ।

भविष्य बदल्ने अवसर

विपक्षी टोली जतिसुकै बलियो होस् जितको लागि मैदानमा प्रर्दशन गर्नैपर्छ । क्रिकेट ब्याट र बलको खेल हो, नाम हेरिदैन । टि ट्वान्टी खेल अझ भर हुँदैन । एकै ओभरले हार र जितमा पुर्याउन सक्छ । विपक्षीको नाम हेर्न भन्दा पनि खेलमा १ सय २० बल राम्रो गर्नतर्फ ध्यान दिनुपर्छ । सन् २०१४ अघि नेपाली पुरुष क्रिकेटमा लोकप्रियता खासै थिएन । जव पुरुष टोली बंगलादेश टि ट्वान्टी विश्वकप खेलेर हायो तव ह्वातै बढेको थियो ।

सागमा उत्कृष्ट नतिजा दिन सके महिला क्रिकेटको लोकप्रियता बढ्ने छ । जुन लोकप्रियताले क्रिकेटमा लाग्न युवा महिला खेलाडीलाई प्रेरित गर्ने छ । जसले महिला टोली मजबुत बन्दै गर्दा विश्वकप खेल्ने सपना सहज हुन पुग्छ । ठूलो सफलतासँगै पुरुष खेलाडीले जस्तै महिला क्रिकेटर ब्यवसायिक प्रायोजन, सेवा, सुविधा, तलब, घरेलु लिग जस्ता कुरा पाउने छन् । खेलेरै बाच्ने आधार बन्ने छ ।

डब्लूसिएलले बढाएको आत्माविश्वास

महिला टोलीले साग अघि कुनै अन्तर्राष्ट्रिय अभ्यास खेल खेलेन । तर एक महिना अघि टि ट्वान्टी वुमन्स च्याम्पियन्स लिगले सबै खेलाडीको आत्माविश्वास र क्षमता विकाशमा सुधार ल्याएको छ । डब्लूसिएलबाट धेरै खेलाडीलाई आफ्नो कमजोरी सुधार गरि रहेका छन् । डब्लूसिएलले समर्थक, दबाब र विपक्षीसामु कसरी खेल्ने भन्ने क्षमताको विकास पनि गराएको छ ।

अपरचित घरेलु मैदान

सागमा महिला क्रिकेट पोखरा रंगशालमा हुने छ । तर नेपाली महिला क्रिकेट टोली अझैसम्म पोखरामा अभ्यासको लागि गएका छैनन् । चार महिना टियु क्रिकेट मैदानमा अभ्यास गरेका महिला टोली एक दुई दिनमा पोखरा जाने छन् । जहाँ नेपाली पूरुष यू१९ टोलीसँग २-३ अभ्यास खेल खेल्ने प्रशिक्षक जगत टमता बताउछन् । समग्रमा घरेलु मैदानको बारे खेलाडीलाई राम्रोसँग थाहा छैन ।

समर्थकको साथ

घरेलु समर्थकलाई १२ औं खेलाडी भन्ने गरिन्छ । जुन पोखरामा पनि महिला टोलीले राम्रो साथ पाउने आशा राखिएको छ । समर्थकको फाइदा उठाउन सक्छन् वा सक्दैनन् त्यो हेर्न बाँकी छ । तर समर्थकले भने राम्रो साथ दिने आशा गरिएको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.