default_image

4 years ago

November 26, 2019

‘देशको लागि खेलेपछि नै विदेशी लिगले हेर्छन्’

काठमाडौं (हाम्रो खेलकुद) – यूएईमा जारी टि टेन लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित टिम आबुधाबी सुपर लिगबाटै बाहिरिन पुग्यो । नेपाली क्रिकेटका एकल योद्धा अर्थात वान म्यान आर्मीको उप नामले चिनिने पारसले सिनियर टोलीमा जस्तै टि टेनमा पनि प्रभावशाली प्रर्दशनको आशा गरिएको थियो । तर त्यो आशा पुरा हुन सकेन […]

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यूएईमा जारी टि टेन लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित टिम आबुधाबी सुपर लिगबाटै बाहिरिन पुग्यो । नेपाली क्रिकेटका एकल योद्धा अर्थात वान म्यान आर्मीको उप नामले चिनिने पारसले सिनियर टोलीमा जस्तै टि टेनमा पनि प्रभावशाली प्रर्दशनको आशा गरिएको थियो । तर त्यो आशा पुरा हुन सकेन ।

आशा पुरा गर्न पारसलाई टिम आबुधाबीले प्राप्त अवसर दिएन । अन्तर्राष्ट्रिय स्तरमा एसोसियट स्टार पारसको प्रर्दशनको बारे चर्चा गरि राख्नु आवश्यक पर्दैन । पारस टि ट्वान्टी आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने पहिलो कप्तान हुन् । तर अन्य फ्रेन्चाइज लिगका मालिक, कप्तान र प्रशिक्षकलाई आकर्षित गर्न भने टि टेन जस्ता लिगमा उत्कृष्ट प्रर्दशन गर्न भने आवश्यक देखिन्छ ।

पारस आफैंले अवसरको कमीका बाबजुद टि१० लिगको अनुभव निकै राम्रो भएको बताए । ‘टि१० लिगको अनुभव धेरै राम्रो रह्यो । जुन वातावरणमा मैले गएको साता क्रिकेट खेलें त्यसले मलाई भविष्यका लागि धेरै सहयोग गर्नेछ । विदेशी प्रशिक्षक र खेलाडीसँग प्रशिक्षण गर्दा केहि फरक पक्कै थियो । सम्रगमा टि१० लिगले मलाई फाइदा पुगेको छ,’ उनले भने ।

पारसले एसोसियट राष्ट्रका खेलाडीले कमै अवसर पाउने हुँदा यसलाई सिक्ने खुड्किलोको रुपमा लिएको बताए । ‘ मानसिक रुपमा मलाई अब अन्य लिगमा अवसर प्राप्त गर्दा सहज हुन्छ । एसोसिएट खेलाडीले विदेशी लिग बिरलै खेल्न पाइन्छ । यसले फ्रेन्चाइज लिगको लागि बाटो खुलेको छ । तीन खेलमा अवसर पाउनु धेरै राम्रो हो,’ उनले भने, ‘ यस लिगले बाटो केहि सहज बनाएको हो । देशको लागि निरन्तर खेल्दै प्रदर्शन गरेमा मात्र अन्य लिगले हेर्नेछन् । त्यसैले अब मैदानमा बलियो प्रदर्शन गरेर अर्को बाटो हेर्ने हो ।’

पारसले आफ्नो करिआरमा यस्तो अवसर ढिलो आएको भन्दापनि जुन समयमा आएपनि त्यसको फाइदा उठाउन सक्नुपर्नेमा जोड दिए । ‘ अवसर ढिलो आएको भन्ने होइन । अवसर आएपछि सदुपयोग गर्न सक्नुपर्छ भन्ने हो । हो, मैले धेरै भन्दा धेरै लिग खेल्न पाएको भए राम्रो हुने थियो । तर जहाँ खेलेपनि राम्रो खेल्ने हो । अहिलेको अवसरले अर्को ठाउँमा ढोका खुल्न सक्छ । आशा गरौं अन्य लिगमा पनि अवसर मिल्नेछ,’ उनले भने ।

दक्षिण एसियाली खेलकुदमा नेपालको लक्ष्यबारे बोल्दै पारसले स्वर्ण पदक जित्न नै खेल्ने बताए । ‘सागमा हाम्रो लक्ष्य स्वर्ण जित्ने हो । टि ट्वान्टी शैलीमा जुन सुकै टोलीको भर हुँदैन । त्यसको लागि हाम्रीले राम्रो क्रिकेट खेल्नुपर्छ । हामीसँग घरेलु समर्थकको साथ हुन्छ । देशको लागि स्वर्ण जित्ने सुवर्ण अवसर पाएका छौं । यसको भरपुर सदुपयोग गर्न एकतृत भएर अगाडी बढ्नेछौं,’ पारसले थपे ।

टि टेनमा पारसको प्रर्दशन

पारसले लिग अवधिभर ३ खेल खेल्न पाए । जसमा २ खेलमा ब्याटिङ र १ खेलमा बलिङ गरेका थिए । २ खेलमा ४ बलको सामना गर्दा ४ रन जोडे । अन्त्यमा मौका पाएका पारस दुवै  खेलमा नटआउट रहे । पहिलो खेलमै टिम आबुधाबीले कलन्दर्सविरुद्ध पारसलाई मैदान उतारेको थियो । अन्तिममा पारसले ३ बलमा ३ रन जोडे । दोस्रो खेलमा पनि टिम आबुधाबीले नर्थन वारिसयर्सविरुद्ध पहिलो रोजाईमा उतार्यो । जसमा अन्तिममा १ बलमा १ रनमा अविजित रहे । अन्य तीनै खेलमा पारस बेन्चमा बस्नुपर्यो ।

पारस बेन्चमा बसेका तीनै खेलमा टिम आबुधाबीले जित निकाल्न सकेन । पारस खेलेको पहिलो खेल टाई हुँदा नर्थनविरुद्ध सहज जित हात पारेको थियो । अन्तिम खेलमा टिम आबुधाबीले कर्नाटक टस्कर्सविरुद्ध पारसलाई प्लेइङ ११ मा मौका दियो । पारसले ब्याटिङ गर्न नपाएपनि बलिङमा २ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । पारस खेलेको तीनै खेलमा टिम आबुधाबी पराजित भएन । पारस नखेलेको तीनै खेलमा टिम आबुधाबीले जित निकाल्न सकेन ।

प्राप्त अवसरको कमी

कुनै पनि खेलाडीको लागि आफ्नो क्षमता देखाउन एक दुई बल प्राप्त हुँदैन । विश्व क्रिकेटकै जतिसुकै ठूलो नाम किन नहोस । पिचको अवस्था, बलरको क्षमता लगातका थुप्रै कुरा हेरेर ट खेल्नु पर्ने हुन्छ । त्यसको लागि टि टेन र टि ट्वान्टीमा एक ओभरको सामना गर्नुपर्छ । अनि ठूला सटका लागि सहज हुन्छ । पारसले ठूलो इनिङ खेल्न अवसर नै पाएनन् । पारसले टि टेनमा ठूलो इनिङ खेल्न नपाएपनि अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा बाटो भने सहज बनाएका छन् ।

टि टेनमा पारसले ड्रेसिङ रुपमा विश्व विजेता मोइन अली, श्रीलंकाका विकेटकीपर निरोशन डिकवेला, लुक राइट जस्ता खेलाडीसँग समय समय बिताए । त्यतिमात्र होइन पारसले इंग्ल्यान्डलाई यसै वर्ष एक दिवसिय विश्वकपको उपाधि दिलाएका प्रशिक्षक ट्रेवर बेलिससँग धेरै कुरा सिक्न पाए । जसले उनको व्यक्तिगत प्रदर्शनमा मात्र होइन नेपाली क्रिकेटलाइ पनि टेवा पुग्ने छ ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा बाटो सहज

पारसको लागि अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा टि टेन सुरुवात मात्र हो । अव उनले एकपछि अर्को ठूला फ्रेन्चाइज लिग खेल्ने आशा राखिएको छ । जुन यात्रालाई टि टेनले धेरै सहज बनाउने छ । पारस पाकिस्तान सुपर लिगको ड्राफ्टमा अटाएका छन् । डिसेम्वर पहिलो साता हुने ड्राफ्टमा उनी अनुबन्ध हुने सम्भावना पनि छ । त्यसमा उत्कृष्ट प्रर्दशन गर्न सके इन्डियन प्रिमियर लिग, बिग ब्यास र टि ट्वान्टी ब्लाष्ट जस्ता फ्रेन्चाइज लिगको लागि बाटो अझ सहज हुने छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.