6 years ago
November 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले यसै साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् ।

सोमबार दुबै आँखाको सामान्य शल्यक्रिया गरेका सन्दीपले १५ दिन आराम गर्नु पर्ने भएपछि साग नखेल्ने उनको ब्यवस्थापन हेदै आएका नेपाली क्रिकेट टोलीका भिडियो एनालिस्ट रमन शिवाकोटीले हाम्रो खेलकुदलाई जानकारी दिए । सन्दीपको आज बिहान तिलगङ्गा अस्पतालमा दुवै आँखाको शल्यक्रिया भएको थियो ।
टाढाको बस्तु धमिलो देख्ने तथा चश्मा लगाउनु पर्ने अवस्था आएपछि दीर्घकालीन समयलाई असर नगरोस भनि आज नै दुवै आँखाको शल्यक्रिया गरेको शिवाकोटीले जानकारी दिए । तीन हप्ता आराम पछि सन्दीप खेलमा फर्किने छन् ।

सागमा नेपालले पहिलो खेल श्रीलंका यू२३सँग मंसिर १७ मा खेल्ने छ । मंसिर १९ मा भुटान,मंसिर २० मा माल्दिभ्ससँग खेल्ने छ । मंसिर २१ मा नेपालले बंगलादेश यू२३सँग खेल्ने छ । मंसिर २३ मा कास्य पदको लागि लिग चरणका तेस्रो र चौथो स्थानका टोलस् भिड्ने छन् । मंसिर २४ मा स्वर्ण पदका लागि लिग चरणका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]