6 years ago
November 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन माल्दिभ्सको राष्ट्रिय महिला र पुरुष क्रिकेट टोली मंगलबार काठमाडौं आईपुगेको छ ।

साग महिला क्रिकेट पोखरा रंगशालमा हुने छ । सागमा महिला क्रिकेटमा नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका छन् । लिग चरणपछि शीर्ष दुई टोली स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । साग पुरुष क्रिकेट टियु क्रिकेट मैदानमा हुने छ ।
साग पुरुषमा नेपाल, माल्दिभ्स, भुटान, बंगलादेश र श्रीलंका रहेका छन् । कीर्तिपुर क्रिकेट मैदानमा हुने टि ट्वान्टी पुरुष साग क्रिकेटमा शीर्ष दुई टोली स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीबीच कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
माल्दिभ्सको पुरुष क्रिकेटको खेल तालिका
मंसिर १८ : बंगलादेशविरुद माल्दिभ्स
मंसिर १९ : श्रीलंकाविरुद्ध माल्दिभ्स
मंसिर २० : नेपालविरुद्ध माल्दिभ्स
मंसिर २२ : भुटानविरुद्ध माल्दिभ्स
माल्दिभ्सको महिला टोलीको खेल तालिका
मंसिर १६ : नेपालविरुद्ध माल्दिभ्स
मंसिर १८ : श्रीलंकाविरुद्ध माल्दिभ्स
मंसिर १९ : बंगलादेशविरुद्ध माल्दिभ्स
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]