6 years ago
November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेले ब्याटिङ सर्वाधिक बलियो पक्ष्य रहेको बताएकी छिन् ।

नेपाली महिला टोली बुधवार पोखरा जादै छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन एक साता भन्दा कम समय हुँदा महिला टोली बुधबार पोखरा जान लागेको प्रशिक्षक जगत टमटाले जानकारी दिए । महिला टोलीले साग अघि दुई अभ्यास खेल खेल्ने छ । विहीवार र शुक्रबार गण्डकी प्रदेशको पुरुष यू१९ तथा यू१६ मिश्रीत टोलीसँग अभ्यास खेल्ने छ ।
‘सबैले मिहिनेत गरेका छन् । तयारीमा हामी चुकेका छैनौ । अभ्यास खेल नखेल्दा अन्तिमतिर अलि कमजोर भयो । अन्य सबै सोचे अनुसार’, कप्तान रुबिनाले बताइन् ।
‘टोली सन्तुलित छ । युवा खेलाडी थपिएका छन् । टोलीमा ब्याटिङ लाइनअप राम्रो छ । हार्ड हिटर ४ जना छन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्ष बलियो छ, अझ ब्याटिङ सर्वाधिक बलियो देखिन्छ’,उनले भनिन् ।

‘हामी र टेष्ट टोलीले खेल्ने क्रिकेट एउटै खेल हो । त्यो दिन कसरी खेल्छौं त्यसमा फरक पर्छ । इतिहास र गोल्ड मेडल ल्याउने भन्दा पनि प्रत्येक खेल बाइ खेल राम्रो गर्नुपर्छ, प्रत्येक दिन उत्कृष्ट क्रिकेट खेल्नुपर्छ’, उनले भनिन् । पोखरामा हुने साग महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बंगलादेश र श्रीलंका छन् ।
‘एक महिना अघि पोखरा गएको भए अझ राम्रो हुन्थ्यो । हामी त्यहाँ नगएपनि मैदानको बारे जानकरी छौं । हाम्रो लक्ष्य लिगमा शीर्ष स्थानमा रहने छ । श्रीलंका र बंगलादेशको टोली राम्रो छ । माल्दिभ्सको टोलीबारे थाहानै छैन’, कप्तान रुबिनाले भनिन् । त्यस्तै रुबिनाले आफु पुर्ण फिट भएको बताइन् । टोलीको लक्ष्य गोल्ड मेडलनै जित्ने रहेको रुबिना बताउछिन् ।
सागमा सहभागि महिला टोली :
नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका ।
नेपालको खेल तालिका :
मंसिर १६ : नेपालविरुद्ध माल्दिभ्स
मंसिर १८ : नेपालविरुद्ध बंगलादेश
मंसिर २० : नेपालविरुद्ध श्रीलंका
मंसिर २१ : कास्य पदकको लागि प्रतिस्पर्धा (लिगको तेस्रो र चौथो स्थानको टोली)
मंसिर २२ : स्वर्ण पदकको लागि प्रतिस्पर्धा (शीर्ष दुईटोली)
मंसिर १८ मा मात्रै दुई खेल हुने छ । जुन दिन खेल विहान ९ र दिउँसो १ बजेपछि सुरुहुने छ । अन्य सबै खेल दिनमा एउटा मात्रै हुने छ । खेल ११ बजेपछि सुरु हुने छ ।
नेपाली महिला टोली :
रुबिना क्षेत्री बेलबासे (कप्तान), सिता राना मगर (उप कप्तान), इन्दु बर्मा, काजल श्रेष्ठ (विकेटकीपर), करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, सुमन खतिवडा (शान्ती), रोमा थापा, डली भट्ट र कविता कुँवर ।
वैकल्पिक खेलाडी :
ज्योति पाण्डे, संगिता राई र अस्मिना कर्माचार्य ।
प्रशिक्षक : जगत टमटा ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]