6 years ago
November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को वर्ष लर्डस् क्रिकेट मैदानमा मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) फेरि खेल्ने भएको छ । विश्व क्रिकेटकै पुरानो इङ्ल्यान्डको एमसीसी र नेपाली टोलीबीच २०७७ को भदौं ८ गते खेल हुने बताइएको छ । तर कुन शैलीको खेल हुने भन्ने खुलाइएको छैन ।
लर्डस् क्रिकेट मैदानले सन् २०२० मा हुने खेल तालिकामा नेपाली टोलीसँगको खेललाई पनि समेटिएको छ । यस अघि नेपालले २०१६ जुलाईमा लर्डस्मा एमसीसीसँग एक दिवसिय खेल खेल खेलेको थियो । जसमा नेपाली टोलीले एमसीसीलाई ४१ रनले हराएको थियो ।
एमसीसी टोलीले गत महिना नेपाल भ्रमणमा आएको थियो । दुई हप्ता नेपालमा रहेको एमसीसीले नेपाली यू १९ र सिनियर टोलीसँग एक दिवसिय खेल खेलेको थियो । त्यस्तै एमसीसीले नेपाली सिनियर टोलीसँग प्रथम श्रेणी तीन दिवसिय खेलेको थियो ।
त्यस्तै नेपाली मिश्रित टोलीसँग टि ट्वान्टी खेलेको एमसीसीले पोखरा रंगशालामा पोखरा ११ र मुख्यमन्त्री ११ सँग मैत्रीपूर्ण टि ट्वान्टी क्रिकेट खेलेर फर्किएको थियो । होम अफ क्रिकेट मैदानमा परिचित लर्डस्मा खेल जीवनमा एक पटा खेल्ने अधिकांश क्रिकेट खेलाडीको सपना हुन्छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]