6 years ago
November 27, 2019
काठमाडौं – तेस्रो संस्करणको जीत बहादुर स्मृती पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगितामा मेलम्ची नगरपाली, सिन्धु लायन्स क्रिकेट क्वव, यार्शा क्रिकेट क्लब र क्रिकेट क्लब बाराबिसे क्वाटरफाइनलमा पुगेका छन् ।
यार्शाले गणेशथान क्रिकेट क्लबलाई ४० रनले हरायो । टस हारेर ब्याटिङ थालेको यार्शाले ८ ओभरमा ४ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । ९३ रनको लक्ष्य पछ्याएको ७.२ ओभरमा अल आउट हुँदै ५२ रनमा समेटियो ।
राइजिङ दवाचौरलाई मेलम्चीले १८ रनले हरायो । टस हारेर ब्याटिङ थालेको मेलम्चीले ८ ओभरमा ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । उसका राजन दुलाल ४३ र बाल कृष्ण दुलालले २७ रन जोडे । दवाचौरका रमेश तामाङले ३ र विनोद तामाङले २ विकेट लिए ।
१ सय १३ रनको लक्ष्य पछ्याएको दवाचौरले ८ ओभरमा ३ विकेट गुमाउँदै ९४ रन बनायो । उसका विनोद तामाङले ३० बलमा ७९ रन जोडे पनि टोलीको हार टार्न सकेनन् ।
मेलम्चीले अर्को खेलमा सिन्धु लायन्सलाई ४ विकेटले हरायो । टस हारेर ब्याटिङ थालेको सिन्धुले ८ ओभरमा २ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । मनोज धिताल ३९ रन जोडे । उक्त विजयी लक्ष्य मेलम्चीले ६.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।
त्यस्तै अर्को खेलमा सिन्धुले राइजिङ दवाचौरलाई ६ रनले हरायो । टस जितेर ब्याटिङ थालेको सिन्धुले ८ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन जोडेको थियो । उसका मनोज खड्काले ५० रन जोडे । दवाचौरले ८ ओभरमा ७० रन जोड्न मात्र सक्यो ।
बाराबिसेले गणेशथानलाई ५ विकेटले हरायो । टस जितेर ब्याटिङ थालेको गणेशथानले ८ ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रन बनायो । उसका जेठा लामाले ५१ रन जोडे ।
१ सय २३ रनको लक्ष्य बाराबिसेले २ विकेटले क्षतिमा अन्तिम बल अगाडी पुरा गर्यो । उसका सागर काफ्लेले ५३ रन जोडे ।
त्यस्तै अर्को खेलमा बाराबिसेलाई यार्शा क्लबले १८ रनले हरायो । टस हारेर ब्याटिङ थालेको यार्शाले ८ ओभरमा २ विकेट गुमाउँदै ९४ रन जोडेको थियो । उसका शंकर तामाङले ३९ रन जोडे । उक्त लक्ष्य पछ्याएको बाराबिसे ६.३ ओभरमा अल आउट हुँदै ७६ रनमा समेटियो । यार्शाका बिक्की तामाङले ३ विकेट लिए ।
समुह बी बाट मेलम्ची शीर्ष र सिन्धु दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेका हुन् । त्यस्तै समुह सी बाट यार्शा शीर्ष र बाराबिसे दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर ६ धापमा जन्मिएका पारा ओलम्पिक खेलाडी स्व जित बहादुर खड्काको स्मृतिमा यस प्रतियोगिता गरिएको हो । जीत बहादुरको २०७२ सालमा गएको महा-भुकम्पको परि मृत्यु भएको थियो ।
प्रतियोगिताको विजेताले नगद ७५ हजार सहित ट्रफी , प्रमाणपत्र प्राप्त गर्दा उप – विजेताले ३५ हजार नगद सहित ट्रफी प्रमाणपत्र पाउँने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीको तर्फबाट भारतमा प्रशिक्षणको ब्यबस्था गरिएको छ । थप ३ उत्कृष्ट खेलाडीले काठमाडौंमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रशिक्षण गर्न पाउने छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]