6 years ago
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पुरुष क्रिकेट अन्तर्गत १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि बिहीबार माल्दिभ्सको टोलीले आज अभ्यास खेल खेल्दैछ ।

माल्दिभ्सले सागमा नपरेका नेपाली टोलीका खेलाडीसँग खेलाडीसँग अभ्यास खेल्ने छ । मुलपानी क्रिकेट मैदानमा हुने अभ्यास खेलमा नेपालको कप्तानी सिनियर टोलीका अनुभवी खेलाडी शरद भेषावकरले गर्ने छन् । विहान ९ बजेपछि टि ट्वान्टी खेल सुरु हुने नेपाली सिनियर साग टोलीका व्यवस्थापक सुमनराज कार्कीले जानकारी दिए ।
नेपाली टोलीमा शरदसँगै यू१९ का कप्तान रित गौतम, तीव्र गतिका युवा बलर नन्दन यादव, स्पिरन सागर ढकाल, शेर मल्ल, मन्जित श्रेष्ठ, सुनिल धमला लगातका खेलाडी माल्दिभ्सविरुद्ध मैदान उत्रने छन् । माल्दिभ्सको धेरै खेलाडी बारे नेपाली खेलाडीलाई जानकारी छैन । माल्दिभ्समा मोहम्मद रिजवान, अहमद हुसैन, उमर एडमले नेपाली बलरको डटेर सामाना गर्न सक्छन् ।
स्पिनर मोहम्मद महफुज माल्दिभ्सका कप्तान रहेका छन् । माल्दिभ्स आईसीसी टि ट्वान्टी वरियतामा ७६ औं स्थानमा छ । माल्दिभ्स जितभन्दा पनि नेपाली टोलीसँग आजको खेलमा धेरै सिक्न चाहन्छ । सागमा पनि माल्दिभ्सको लक्ष्य त्यहि हुने देखिन्छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]