default_image

6 years ago

November 28, 2019

माल्दिभ्समाथि नेपाल ए को सहज जित

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी स्वरुप अभ्यास खेलमा नेपाल ए ले माल्दिभ्सलाई टि ट्वान्टी खेलमा सहज जित हात पारेको छ ।

सागमा नपरेका खेलाडी समेटेर बनेको नेपाल ए ले माल्दिभ्सलाई ४९ रनले पराजित गरेको हो । १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनायो । माल्दिभ्सका युफुफ फरातले ४६ बलमा ४ चौका १ छक्का को सहयोगमा ४२ रन बनाए । मोहम्मद इभान ९ र हसन अब्रिम १८ रन जोडे । नेपालको लागि नन्दन यादवले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । त्यस्तै आकश चन्दले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चेर २ विकेट लिए । शेर मल्ल र मञ्जित श्रेष्ठले समान १-१ विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । नेपाल ए का लागि युवा ब्याट्सम्यान भिम सार्की २७ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३३ रनको योगदान दिए । भिम अन्तिम ओभरको दोस्रो बलमा दुई रन क्रिममा रन आउट भएका थिए । ओपनर रित गौतमले २९ बलमा ३ चौका सहित २५ रनमा क्याच आउट भए । रितलाई कप्तान मोहम्मद महफुजले अहमद हुसैनबाट पाँचौ ओभरको अन्तिम बलमा क्याच आउट गराए । त्यस्तै अर्का ओपनर सुवाश खकुरेलले १४ बलमा ३ चौका र १ छक्का सहित २० रनमा क्याच आउट भए ।

सुनिल धमलालाई एडम उमरले मोहम्मद आजमबाट १ रनमा क्याच आउट गराए । अमित श्रेष्ठले १९ बलमा ४ चौका र १ छक्का सहित २९ रनको योगदान दिए । दिलिप नाथले १२ बलमा ३ चौका सहित १८ रनमा क्याच आउट भए । माल्दिभ्सका कप्तान मोहम्मद महफुजले ३ लागि विकेट लिए । युवा अल राउन्डर शेर मल्ल ७ र आकश चन्द ४ रनमा अन आउट रहे । मुलपानीमै केहि बेलमा माल्दिभ्सको सिनियर महिला टोलीले नेपाली ए महिला टोलीसँग अभ्यास खेल खेल्दै छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.