6 years ago
November 28, 2019
काठमाडौं – तेस्रो संस्करणको जीत बहादुर स्मृती पाँचपोखरी सुपर(८ क्रिकेट प्रतियोगितामा भोटाङ युथ क्रिकेट क्लब ,पाँचपोखरी क्रिकेट क्लब, श्रृखला क्रिकेट क्लब र भोटाङ देबी क्वाटरफाइनलमा पुगेका छन् । यो सँगै क्वाटरफाइनल समिकरण पुरा भएको छ । बुधबार मेलम्ची नगरपाली, सिन्धु लायन्स क्रिकेट क्वव, यार्शा क्रिकेट क्लब र क्रिकेट क्लब बाराबिसे क्वाटरफाइनलमा पुगेका थिए ।

भोटाङ देवी मावीलेले समाज कल्याण युवा क्लबलाई ६८ रनले रहायो । टस जितेर ब्याटिङ थालेको भोटाङले ८ ओभरमा ३ किकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो । पासङ तामाङले २८ बलमा ६८ रनको योगदान दिए । सरोज तामाङले १३ रन जोडे । १ सय २२ रनको लक्ष्य पछ्याएको समाज कल्याण ५३ रनमा समेटियो । उसका बोमजनले २८ रन जोडे ।
अर्को खेलमा पाँचपोखरीले थाङपलकोटलाई ७६ रनले हरायो । टस जितेर ब्याटिङ थालेको पाँचपोखरीले ८ ओभरमा १ सय ३१ रन ३ विकेटको क्षतिमा बनाएको थियो । महेश देउजा ५३, विजय कुमार धिताल २१ रन जोडे । थाङपालले ८ ओभरमा ६ विकेट गुमाउदै ५३ रन बनायो । जित तामाङले १९रन बनाए ।
श्रृखलाले समाज कल्याणलाई २ विकेटले हरायो । टस जितेर ब्याटिङ थालेको समाज कल्याणले ८ ओभरमा २ विकेट गुमाउँदै १ सय १६ रन बनायो । अजय बोमजनले २९ बलमा ८२ रन बनाए । मंगलराज वाइवाबाले २८ रन जोडे । श्रृखंलाले ६.४ ओभरमा ५ विकेट गुमाउदै पुरा गर्यो । उसका जंग तामाङले ३६ रन जोडे । पुरन तामाङले २० रनको योगदान दिए ।
त्यस्तै अर्को खेलमा भोटाङ माबीलाई श्रृखंलाले ९ रनले हरायो । टस हारेर ब्याटिङ थालेको श्रृखंजंगलाले ८ ओभरमा ४ विकेट गुमाउँदै ९६ रन बनायो । जंग तामाङले ३७ र अशोक तामाङ ३० रन बनाए । भोटाङ देबीले ८ ओभरमा २ विकेट गुमाउदै ८७ रन बनायो । पेम्बा तामाङले ३४ र आयुष तामाङले २१ रन जोडे ।
पाँचपोखरीलाई भोटाङले १३ रनले हरायो । टस हारेर ब्याटिङ थालेको भोटाङले ६ विकेट गुमाउँदै १ सय १० रन बनायो । अरुण तामाङले ५५ र अर्जुन तामाङले १६ रन जोडे । पाँचपोखरीले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै ९७ रन बनायो । महेश देउजाले ५७ रन जोडे । विजय कुमार धितालले १४ रनको योगदान दिए ।
भोटाङ क्रिकेट क्लबले थाङपालकोट टाइटन्सलाई ६७ रनले हरायो । टस जितेर ब्याटिङ थालेको भोटाङले ६ विकेट गुमाउदै १ सय ५५ रन बनायो । जयराम तामाङले ३८, अरुण तामाङले ३१ र सुरज तामाङले २६ रनको योगदान दिए । थाङपालकोटले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ८८ रन बनायो । रोशन घितालले ३१, रोमन खड्काले १४ रन जोडे ।
भोटाङ समुह ए को विजेता र पाँचपोखरी उप विजेता हुदै क्वाटरफाइनलमा पुगेको हो ।श्रृखंला समुह डी को विजेता र भोटाङ देबी उप विजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
बुधबार समुह बी बाट मेलम्ची शीर्ष र सिन्धु दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेका थिए । त्यस्तै समुह सी बाट यार्शा शीर्ष र बाराबिसे दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा पुगि सकेका छन् ।
पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर ६ धापमा जन्मिएका पारा ओलम्पिक खेलाडी स्व जित बहादुर खड्काको स्मृतिमा यस प्रतियोगिता गरिएको हो । जीत बहादुरको २०७२ सालमा गएको महा(भुकम्पको परि मृत्यु भएको थियो ।
प्रतियोगिताको विजेताले नगद ७५ हजार सहित ट्रफी , प्रमाणपत्र प्राप्त गर्दा उप – विजेताले ३५ हजार नगद सहित ट्रफी प्रमाणपत्र पाउँने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीको तर्फबाट भारतमा प्रशिक्षणको ब्यबस्था गरिएको छ । थप ३ उत्कृष्ट खेलाडीले काठमाडौंमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रशिक्षण गर्न पाउने छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]