6 years ago
November 30, 2019
एजेन्सी – अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले टेष्ट क्रिकेटमा ७३ वर्ष पुरानो दुर्लभ कीर्तिमान तोडेका छन् । पाकिस्तानसँगको दोस्रो डे नाइट टेष्टमा दोस्रो दिन सुरुवाती २३ रन जोड्दै टेष्ट क्रिकेटमा सर्वाधिक छिटो ७ हजार रन पुरा गर्ने ब्याट्सम्यानको कीर्तिमान बनाएका छन् ।

स्मिथले ७० टेष्ट खेलेको १ सय २६ इनिङमा यो सफलता हात पारेका हुन् । यस अघि यस दुर्लभ कीर्तिमान सन् १९४६ मा इंग्ल्यान्डका कप्तान वेली हमान्डले ८० टेष्ट खेलमा १ सय ३१ इनिङमा ७ हजार रन पुरा गरेका थिए । दोस्रो दिनको पहिलो सेसन चलि रहँदा अष्ट्रेलिया १ सय ओभरमा २ विकेट गुमाउँदै ४ सय ४६ रन बनाएको छ ।
डेविड वार्नर ३ सय १७ बलमा २९ चौका सहित २ सय ४४ रनमा खेलि रहेका छन् । वार्नरको यो दोस्रो टेष्ट शतक हो । त्यस्तै मार्नस लाबुसेन २ सय ३८ बलमा २२ चौका सहित १ सय ६२ रनमा बोल्ड आउट भए । उनलाई युवा तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीले बोल्ड आउट गरेका थिए । उनले यो टेष्ट करिअरको दोस्रो शतक हो ।
दोस्रो विकेटका लागि वार्नर र लाबुसेनले ३ सय ६१ रनको साझेदारी गरेका थिए। ओपनर जो बर्न्सलाई शाहिन अफ्रिदीले चौथो ओभरको चौथो बलमा मोहम्मद रिजवानबाट ४ रनमा क्याच आउट गराएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]