6 years ago
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बंगालदेशयू२३ विरुद्ध पहिला फिल्डङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा सम्पन्न टसमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालको टोलीमा माल्दिभ्स विरुद्धको टोलीमा कुनै परिवर्तन गरेको छैन । सोमपाल घाइते भएको कारण टोली बाहिर छन् ।
नेपालले बगलादेशलाई हराउँनै पर्ने हुन्छ । यो जिते नेपालको स्वर्णको संभावना कायमै रहने छ । नेपाल पराजित हुँदा बंगलादेश र श्रीलंका फाइनलमा पुग्ने समिकरण छ । नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई १ सय ४१ र दोस्रो खेलमा माल्दिभ्सलाई ८४ रनले पराजित गरेको थियो । उता उपाधिको प्रमुख दाबेदार बंगलादेशले माल्दिभ्सलाई १ सय ९ रन र भुटानलाई १० विकेटले हराएको थियो ।
नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, रोहित कुमार पौडेल, करण केसी, पवन सरार्फ, सुसन भारी, ललित नारायण राजवंशी र अभिनास बोहोरा ।
बेन्चमा ः
राशिद खान, कुशल भुर्तेल, सोमपाल कामी र सन्दीप जोरा ।
बंगलादेशको प्लेइङ ११ ः
सौम्य सरकार, नइम शेख, नज्मुल हसन सान्टो, याशिर अली चौधरी, महिदुल इस्लाम, हसन महमद, मेहदी हसन, तनवरी इस्लाम, सैफ हसन, सुमन खान, अफिप हुसैन ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]