default_image

4 years ago

December 14, 2019

ब्राभोले सन्न्यास फिर्ता लिए

एजेन्सी – वेस्ट इन्डिजका अनुभवी अलराउन्डर ड्वेन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास फिर्ता लिएका छन् । बाभ्रोले शुक्रबार वेस्ट इन्डिजको छनोट समितिलाई टि ट्वान्टी क्रिकेटको लागि आफु उपलब्ध जनाएका छन् । ब्राभोले गत वर्ष सन्न्यासको घोषणा गरेका थिए । सन् २०१६ मा पाकिस्तानसँगको तिन टि ट्वान्टी सिरिज यता बाभ्रोले वेस्ट इन्डिजको टोलीमा छैनन् । ब्राभोको अन्तर्राष्ट्रिय […]

24 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजका अनुभवी अलराउन्डर ड्वेन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास फिर्ता लिएका छन् । बाभ्रोले शुक्रबार वेस्ट इन्डिजको छनोट समितिलाई टि ट्वान्टी क्रिकेटको लागि आफु उपलब्ध जनाएका छन् ।

ब्राभोले गत वर्ष सन्न्यासको घोषणा गरेका थिए । सन् २०१६ मा पाकिस्तानसँगको तिन टि ट्वान्टी सिरिज यता बाभ्रोले वेस्ट इन्डिजको टोलीमा छैनन् । ब्राभोको अन्तर्राष्ट्रिय फ्रेन्चाइज टि ट्वान्टी क्रिकेट लिगमा प्रर्दशन उत्कृष्ट रहँदै आएको छ । उनले भनेका छन्,’आजदेखि म अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको घोषणा गर्छु । यसमा सोच्न आवश्यक छैन, मैले आफ्नो समर्थक, सुभचिन्तक र वेस्ट इन्डिज क्रिकेटलाई माथि उठाउन यो निर्णय लिएको हुँ’।

बाभ्रोले नयाँ प्रशिक्षक फिल सिमन्स र कप्तान काइरोन पोलार्डसाथ क्रिकेट खेल्न उत्साहित रहेको बताएका छन् । त्यस्तै बाभ्रोले पुन वेस्ट इन्डिजले उत्कृष्ट टि २० टोली बन्न सक्ने बताएका छन् । उनले ६६ टि ट्वान्टी आईमा ११ सय ४२ रन बनाउनुको साथै ५२ विकेट लिएका छन् । वेस्ट इन्डिज क्रिकेट बोर्ड पनि बाभ्रोको निर्णयलाई सकारात्मक रुपमा लिएको छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.