default_image

4 years ago

December 14, 2019

नेपाल वान डे वरियतामा खस्कियो

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अन्तर्राष्ट्रिय एक दिवसिय (ओडीआइ) वरियतामा नेपाल खस्किएको छ । आइसीसीले शुक्रबार राती जारी गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान खस्किदै १८ औं स्थानमा पुगेको छ । नेपालको ८ खेलमा १ सय ५२ प्वाइन्ट र १९ रेटिङ छ । नेपाललाई ओमानले पछि पारेको हो । ओमान ८ […]

78 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अन्तर्राष्ट्रिय एक दिवसिय (ओडीआइ) वरियतामा नेपाल खस्किएको छ । आइसीसीले शुक्रबार राती जारी गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान खस्किदै १८ औं स्थानमा पुगेको छ ।

नेपालको ८ खेलमा १ सय ५२ प्वाइन्ट र १९ रेटिङ छ । नेपाललाई ओमानले पछि पारेको हो । ओमान ८ खेलमा १ सय ७४ प्वाइन्ट र २२ रेटिङ सहित १७ औं स्थानमा उक्लिएको छ । यूएई १९ र पप्पुवा न्युगिनी २० औं स्थानमा छन् । नयाँ वरियतामा विश्वकप विजेता इंग्ल्यान्ड शीर्ष स्थानमा छ । भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा छन् ।

त्यस्तै पाकिस्तान छैटौं, बंगलादेश सातौ, श्रीलंकान आठौं, वेस्ट इन्डिज नवौं र अफगानिस्तान १० स्थानमा छ । नेपाललाई अमेरिका, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड, जिम्बावे, र आयरल्यान्डले पछि पारेका छन् । आयरल्यान्ड, जिम्बाबे, नेदरल्यान्ड, स्कटल्यान्ड, अमेरिका, नामिबिया क्रमश: ११, १२, १३, १४, १५ र १६ औं स्थानमा छन् । टि ट्वान्टी आई वरियतामा भने नेपाल १२ औं स्थानमा यथावतै छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.