6 years ago
December 20, 2019
एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन कोलकतामा सकिएको छ । विहीबार सकिएको अक्सनमा अष्ट्रेलियाका तीब्र गतिका बलर प्याट कमिन्स सबै भन्दा महँगो मूल्यमा बिक्ने खेलाडी बनेका छन् ।

कमिन्सलाई कोलकाता नाइट राइडर्सले १५.५ करोड भारतीय रुपैयाँ अनुबन्ध गरेको हो । ग्लेन म्याक्सवेलपनि १०.७५ करोडमा किंग्स इलाभेन पञ्जावमा अनुबन्ध भएका छन् । यो अक्सनसँगै आगमी सिजनको लागि सबैको टोली तयार भएको छ । आगमी संस्करणको आईपीएल खेल्ने सबै टिममा रहेका खेलाडी यस प्रकार छन् ।
दिल्ली क्यापिटल्स :

शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर, ऋषभ पन्त, इशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिंक्या रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, जोसन रोय, क्रिस वोक्स, एलेक्स केरी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादव, मार्कुस स्टोइनिस
रोयल च्यालेन्जर्स बंगलोर :

देवदत्त पाडिकल, जोश फिलिप, शहवाज अहमद, विराट कोहली, केन रिचड्सन, पार्थिव पटेल, इसुरु उडना, उमेश यादव, पवन देशपान्डे, युजभेन्द्र चहल, क्रिस मोरिस, एबी डिभिलियर्स, डेल स्टेन, पवन नेगी, आरोन फिन्च, गुरुर्कीत सिंहमान, नवदीप सैनी, शिवम दुबे, वाशिन्टन सुन्दर, मोइन अली र मोहम्मद सिराज
कोलकाता नाइट राइडर्स :

शुवमन गिल, कमलेश नगरकोटी, शिवम माभी, बरुण चत्रबर्ती, एम सिद्धार्थ, सुनिल नारायण, हेरी गुर्नी, इओन मोर्गन, आन्द्रे रसेल, दिनेश कात्तिक, सिदेश लड, राहुल त्रिपाठी, प्याट कमिन्स, ल्योकी फग्र्युसन, निखिल, नाइक, कुलदीप यादव, प्रविन ताम्बे, सन्दीप वारिर, नितेश राना, निकु सिंह, क्रिस ग्रिन, टम ब्याटन र प्रसिद्ध कृष्ण
किंग्स इलाभेन पन्जाब :

तजिन्दर सिंह, दर्शन नलकान्डे, अर्शदीप सिंह, श्रीमन सिंह, हरप्रीत ब्रार, रवि बिश्रोई, क्रिस जोर्डन, ग्लेन म्याक्सवेल, जेम्श निशम, हाडुस बिलजोइन, मयंक अग्रवाल, करुण नायर, मनप्रति सिंह, के एल राहुल, कृष्ण गौतम, मोहम्मद शामी, शेल्डन कट्रेल, दीपक होडा, क्रिस गेल, जे सुचित, मुरुगन आश्विन, निकोलस पूरन, शरफराज खान, इशान पोरेल र मुजिव उर रहमान
चेन्नई सुपर किंग्स :

शाई किशोर, नर्यान जगदीशन, रितुराज गायकवाड, के एम आशिफ, रविन्द्र जडेजा, मुरली विजय, महेन्द्र सिंह धोनी, जोश हेजलवुड, केदार जाधव, हरभजन सिंह, करण शर्मा, पीयुष चवला, अम्बाती रायूडु, सुरेश रैना, इमरान ताहिर, दीपक चाहर, फाफ डु प्लेसिस, सार्दुल ठाकुर, मिचेल सान्टनार, ड्वेन ब्राभो, लुन्गि निडी, साम करन, मोनु कुमार र शेन वाटशन ।
राजस्थान रोयल्स :

रियान पराग, मयंक मारकन्डे, कात्तिक त्यागि, अन्जुल रावत, यश्सवी जैसवाल, आकश सिंह, स्टिभ स्मिथ, जस बटलर, बेन स्टोक्स, डेविड मिलर, श्रेयस गोपाल, रोविन उथप्पा, बरुन आरोन, शशांक सिंह, जयदेव उनादकट, अनिरुद्ध जोशी, राहुल त्रिपाठी, सन्जु सामसन, एन्ड्रयू टाई, मानन बोहरा, टम करन, अंकित राजपुत, जोफ्रा आर्चर, महिपाल लोमरोर र ओशन थोमस
मुम्बई इन्डियन्स :

राहुल चाहर, अनुकोल रोय, मोहसिन खान, दिगविजय देशमुख, प्रिन्स बलवान्त रवि सिंह, काइरोन पोलार्ड, नाथन कुल्टर नाइल, ट्रेन्ट बोल्ट, धवन कुलकर्णी, मिचेल म्याकलेघन, क्रिस लिन, आदित्य तारा, रोहित शर्मा, सौरव तिवारी, क्विन्टन डि कक, सुर्य कुमार यादव, जयन्त यादव, क्रुनाल पान्ड्या, लासिथा मलिङ्गा, हार्दिक पान्ड्या, जसप्रित बुमराह, इशन कशन, अनमोलप्रित सिंह र शरफेन रदरफोर्ड
सनराइजर्स हैदरावाद :

सञ्जय यादव, प्रियाम गर्ग, अविषेक शर्मा, अब्दुल सामद, डेविड वार्नर, मोहम्मद नाबी, मिचेल मार्श, केन विलियम्सन, रिद्धीमान शाह, मनिष पान्डे, जोनी बेयरस्टो, श्रीवत्स गोस्वामी, शहबाज नदीम, भुवनेश्वर कुमार, सिद्धार्थ कौल, बाभनका सन्दीप, विजय शंकर, बिली स्टानलेक, फबिएन एलिन, विराट सिंह, विशाल थाम्पी, राशिद खान, थंगरासु नटराजन, खलील अहमीद
यस सिजनको अक्सनमा सर्वाधिक महँगा १० खेलाडी यसप्रकार छन् ।
८. साम करन – चेन्नई सुपर किंग्स – ५.५ करोड

युवा अलराउन्डर साम करनलाई यसपटक महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्सले अनुबन्धन गर्यो । तीव्र गतिका बलर रहेका करन तल्लोक्रममा मात्र नभएर माथिल्लो क्रममा पनि आक्रामक ब्याटिङका लागि प्रख्यात छन् । गत सिजन उनले पन्जाबका लागि खेलेका थिए ।
७. पियुष चावला – चेन्नई सुपर किंग्स – ६.७५ करोड
स्पिनर पियुषले लामो समय कोलकाताका लागि खेले । गत सिजन कोलकाताले उनलाई रिलिज गरेपछि सायदै उनले यति ठूलो रकममा अनुबन्धित हुने सोचेका थिए । तर स्पिनरलाई चेन्नईले निकै लामो कसरतपछि मोटो रकम खर्चेर टोलीमा अनुबन्धित गरेको छ ।
६. शिम्रन हेटमायर – दिल्ली क्यापिटल्स – ७.७५ करोड

वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान शिम्रन हेटमायरलाई अनुबन्ध गर्न धेरै टोलीले प्रयास गरेका थिए । गत सिजन बेंगलोरका लागि अपेक्षित प्रदर्शन गर्न नसकेका उनले राष्ट्रिय टोलीका लागि राम्रो प्रदर्शन गरेका छन् । उनले दिल्लीको कमजोर विदेशी ब्याटिङलाई मजबुती प्रदान गार्नेछन् ।
५. नाथन कुल्टर नाइल – मुम्बई इन्डियन्स – ८ करोड
अष्ट्रेलियाको राष्ट्रिय टोलीका लागि राम्रो प्रदर्शन गर्दै आएका कुल्टर नाइल घरेलु टि२० मा पनि प्रख्य्यात छन् । उनी तीव्र गतिका बलर मात्र नभएर तल्लोक्रममा आक्रामक इनिङ खेल्न पनि सक्षम छन् । मुम्बईको बलियो बलिङ आक्रमणलाई उनले थप मजबुती दिनेछन् ।
४. शेल्डन कट्रेल – किंग्स इलेभेन पन्जाब – ८.५ करोड

कट्रेलले छोटो समयमा नै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिचान बनाएका छन् । वेस्ट इन्डिजको तीव्र गतिका बलर उनले जारि भारतविरुद्ध सिरिजमा पनि प्रभावशाली प्रदर्शन गरेका छन् । उनको विकेट लिएपछिको सलाम गर्ने सेलेब्रेसनले पनि थुप्रैको मन जितेको छ । उनले पन्जाबको कमजोर तीव्र गतिको बलिङ आक्रमणमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
३. क्रिस मोरिस – रोयल च्यालेन्जर्स बेंगलोर – १० करोड

बेंगलोरले पछिल्लो केहि सिजनयता अपेक्षित नतिजा दिन सकेको छैन । मोरिसको उपस्थितिले टोलीको ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलन ल्याउन सहज हुनेछ । मोरिस सुरुवाती ओभरमा बलिङ गर्नुका साथै मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने क्षमता राख्दछन् । उनको उपस्थितिले विशेषगरी बेंगलोरको फिनिसिङमा पनि सहयोग पुग्नेछ ।
२. ग्लेन म्याक्सवेल – किंग्स इलेभेन पन्जाब – १०.७५ करोड

म्याक्सवेलका लागि धेरै टोलीले अनुबन्धनको इच्छा देखाएका थिए । अघिल्लो सिजन विश्वकपका कारण सहभागी नभएका उनी फेरी पन्जाब फर्केका छन् । म्याक्सवेलको आक्रामक ब्याटिङसामु जस्तोसुकै बलिङ आक्रमणलाई पनि समस्या हुन्छ । उनले टोलीलाई आवश्यक परेमा अफस्पिन बलिङ पनि गर्न सक्छन् ।
१. प्याट कमिन्स – कोलकाता नाइट राइडर्स – १५.५ करोड

कमिन्सको नाम आएपछि अक्सन हलको माहोल नै परिवर्तन भएको थियो । सुरुवातमा बेंगलोर र दिल्लीले कमिन्सलाई अनुबन्धन गर्न बोलि लगाएका थिए । तर अन्तिम समयमा कोलकाताले दोस्रो पटकको बोलीमा नै कमिन्सलाई अनुबन्धन गर्न सफल रहयो । आईपीएलको इतिहासमा नै कमिन्स सर्वाधिक महँगा विदेशी खेलाडी हुन् ।
कमिन्स तीव्र गतिका बलिङ मात्र नभएर आक्रामक ब्याटिङका लागि पनि प्रख्यात छन् । सिमित ओभर क्रिकेटमा उनले अष्ट्रेलियाका लागि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । उनको आगमनसँगै कोलकाताले बलियो रहेको तल्लोक्रम ब्याटिङलाई मजबुती दिएको छ ।
आईपीएल अक्सनको सम्पूर्ण खेलाडीको पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस्
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]