default_image

6 years ago

December 25, 2019

आरिफको तारिफयोग्य फड्को

135 views

0 Bookmark

भूपेन्द्र जिसी, पोखरा

नेपालमा हुने फ्रेन्चाइज टि२० लिगमा ब्याटिङतर्फ विदेशी खेलाडीकै वर्चस्व रहँदै आएको छ । नेपाली ब्याट्सम्यान रन जोड्न संघर्ष गरिरहँदा सर्वाधिक रन जोड्ने खेलाडीको सुचिमा विदेशी खेलाडीकै बोलबाला हुन्छ । अधिकांश टोलीको ब्याटिङ प्राय विदेशी खेलाडीमै निर्भर रहन्छन् ।

यसपटक पोखरा प्रिमियर लिगमा आरिफ शेखले नेपाली ब्याट्सम्यानले आक्रामक रुपमा रन जोड्न सक्छन् भनेर प्रमाणित गरेका छन् । आरिफले ५ मध्य ३ खेलमा उत्कृष्ट फिनिसिङ गरेका छन् । चितवन राइनोज अपराजित रहँदै फाइनलमा पुग्दा आरिफको प्रर्दशन पनि गज्जबको छ । खेल्ने शैली पनि लोभलाग्दो छ । उनको ब्याटबाट निरन्तर रन निस्केको छ ।

अझ आरिफ यस्तो टोलीमा खेलिरहेका छन् जहाँ नेपाली फ्रेन्चाइज लिगमा प्रभाव जमाएका तीन विदेशी खेलाडी र राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का समेत छन् । हङकङका पूर्वकप्तान बाबर हायात, यूएईका पूर्वकप्तान रोहन मुस्तफा र भारतीय अलराउन्डर सन्नी पटेल हुँदाहुँदै पनि आरिफले टोलीको मध्यक्रममा बलियो प्रदर्शन गरेका छन् ।

सिनियर टोलीबाट औसतमा रन जोडी रहेका आरिफले पीपीएलमा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । जसले अब नेपाली ब्याटिङ पारस खड्कामा मात्रै निर्भर छैन भन्ने संकेत पनि दिन्छ । जारी पीपीएलमा पहिलो खेलमा पोखरा पल्टनसँग १ रनमा आउट भएका आरिफले दोस्रो खेलमा बुटवल ब्लास्टर्सविरुद्ध १९ बलमा ३ चौका र ३ छक्का सहित आक्रामक ४० रन जोडेपछि चितवनले २ सय ३ रन बनाएको थियो ।

एक्स्पर्ट धनगढी ब्लुजविरुद्ध आरिफले तल्लोक्रममा २० बलमा २ चौका र ४ छक्का सहित ४७ रनमा अविजित रहे । उत्कृष्ट प्रर्दशन गरेका आरिफ म्यान अफ द म्याच चुनिए । उत्कृष्ट लयलाई निरन्तरता दिएका आरिफले विराटनगर टाइन्टसविरुद्ध पनि आक्रामक रन जोड्दै २२ बलमा ३ चौका र ३ छक्का सहित ३७ रनमा अविजित रहँदै टोलीलाई मध्यम योगफलमा पुर्याएका थिए ।

आरिफ मैदान प्रवेश गर्दा उक्त खेलमा चितवनले १४ ओभरमा ७० रन जोड्न ३ विकेट गुमाएको थियो । काठमाडौंविरुद्ध उनी ९ बलमा १५ रनमा आउट हुन पुगे । आरिफले ५ खेलमा १ सय ८६ को स्ट्राइक रेटमा १ सय ४२ रन जोडि सकेका छन् । स्ट्राइक रेट भारतीय खेलाडी सन्नी पटेलपछि दोस्रो स्थानमा छन् ।

सन् २०१४ मा हङकङविरुद्ध डेब्यू गरेका आरिफको सिनियर टोलीमा प्रर्दशन राम्रो नगरेका होइनन् । निरन्तर औसत प्रर्दशन गर्दै आएका छन् । आरिफले लिष्ट ए मा डिभिजन २ को खेलमा नामिबियाविरुद्ध सन् २०१५ मा डेब्यू गरेका थिए । सन् २०१६ पछि आरिफ नेपाली टोलीमा रहँदै आएका छन् । पछिल्लो दुई वर्षमा आरिफ पहिलो रोजाईमा पर्न थालेका छन् । धेरैले आरिफलाई शरद भेषावकरको उत्तरधिकारीको समेत भन्छन् ।

गत जुलाईमा सिंगापुरमा भएको आईसीसी टि ट्वान्टी एसिया विश्वकप छनोटमा भने आरिफ नेपाली टोलीमा थिएनन् । नेपाललाई एकदिवसिय विश्वकप छनोट हुँदै ऐतिहासिक वान डे मान्यता दिलाउन आरिफको प्रर्दशन महत्वपूर्ण थियो । आरिफले डिभिजन २ मा उत्कृष्ट प्रर्दशन गरेका थिए । महत्त्वपूर्ण खेलमा केन्याले प्रस्तुत गरेको १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई ८२–५ को कमजोर अवस्थाबाट रोहित कुमार पौडेलसँग छैटौं विकेटका लागि आरिफले ८७ रनको महत्वपूर्ण साझेदारी गर्दै जित पक्का गरेका थिए । आरिफले उक्त खेलमा ४२ रनको योगदान दिएका थिए ।

सन् २०१७ मा धनगढी टिम चौराहालाई उपाधि दिलाउन आरिफले फाइनलमा विराटनगर किंग्सविरुद्ध तल्लोक्रममा ३० बलमा ४ चौका र ४ छक्का सहित ५४ रन जोड्दै म्यान अफ द म्याच चुनिएका थिए । सन् २०१८ मा आईसीसी एक दिवसिय विश्वकप छनोटमा जिम्बावेले प्रस्तुत गरेको ३ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा आरिफले ५९ बलमा ५ चौका सहित ५० रन जाडेका थिए । टेष्ट टोली जिम्वाबेविरुद्ध अर्धशतक पुरा गर्नु नेपाली ब्याट्सम्यानको लागि चानचुने कुरा पक्कै होइन ।

आरिफले राम्रो सुरुवात गरेपनि ठूलो इनिङमा बदल्न सकिरहेका छैनन् । जुन कुरा आरिफ स्वीकार्छन् । प्रमुख ब्याट्सम्यानको रुपमा टोलीमा हुँदा आरिफबाट पक्कै बढि आशा हुन्छ । आशा बढि राख्दा आरिफले फिनिसिङ राम्रोसँग गर्न नसक्दा प्रर्दशन केहि कमजोर मात्रै देखिन पुगेको हो । औसतमा हेर्दा उनको प्रर्दशन अन्य खेलाडीको तुलनामा राम्रो देखिन्छ ।

गत वर्ष आरिफको फ्रेन्चाइज लिगमा प्रर्दशन राम्रो हुन सकेन । एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्याडियटर्सबाट ७ इनिङमा ६९ रन र पोखरा प्रिमियर लिगमा चितवनबाट ६ इनिङमा ६९ रन बनाएका थिए । धनगढी प्रिमियर लिगमा आरिफले महेन्द्रनगर युनाइटेबाट ५ इनिङमा ६० रन मात्रै जोडे । यसबारे आरिफले खेल कहिले राम्रो र नराम्रो हुने बताए । राम्रो सुरुवात गरेपनि त्यसलाई ठूलो इनिङमा बदल्न नसक्दा तथ्यांक हेर्दा कमजोर देखिएको उनले प्रष्ट्याए । आरिफले पीपीएलमा आफ्नो जिम्मेवारी र टोलीले दिएको भुमिकालाई सदुपयोग गर्न सकेको अभिव्यक्ति दिए ।

पछिल्लो समय टि२० विश्व क्रिकेटमै विकास हुँदै गएको र आफूलाई केहि परिवर्तन गरेर आक्रामक शैलीलाई अपनाएका छन् । आरिफले पीपीएलमा ब्याटिङ पिच हुँदा रन बनाउन मदत पुगेको बताए । उनले पीपीएलमा प्रहार गरेका कुल ८ चौका र ११ छक्कामा सायदै कुनैमा आत्माविश्वासको कमी देखिन्थ्यो । सामान्यतया क्रिजमा आएपछि सेट हुन केहि समय बिताउने आरिफ यसपटक भने फरक रुपमा प्रस्तुत भइरहेका छन् । टोलीले उनलाई दिएको भूमिकामा आरिफ खरो उत्रिएका छन् । उनले आफ्नो खेल्ने शैलीलाई केहि परिमार्जन गर्दै फड्को नै मारेका छन् ।

‘खेल कहिले राम्रो हुन्छ । कहिले राम्रो हुँदैन । यो पटक फिनिसिङ गर्न सकिरहेको छु र राम्रो भएको छ । यसअघिका प्रतियोगितामा औसतमा रन बनेपनि ठूलो इनिङ खेल्न सकिन, फिनिसिङमा चुकिरहें,’ उनले भने । पीपीएलको प्रर्दशनले सिनियर टोलीमा पनि धेरै फाइदा पुग्ने आरिफले विश्वास राखेका छन् । पीपीएल र अन्तर्राष्ट्रिय खेलमा दबाब नै फरक हुने उनी बताउछन् ।

पछिल्लो समय आरिफले सिनियर टोलीबाट टि२० क्रिकेटमा तेस्रो नम्बरमा ब्याटिङ गर्न थालेका छन् । पीपीएलको प्रर्दशनले उनले आफ्नो आत्माविश्वास बढेको बताउछन् । सिनियर टोलीबाट टि ट्वान्टी आई, ओडीआई र लिष्ट ए मा रन जोडेपनि फिनिसिङ गर्न नसकेकोमा आरिफ खुसी छैनन् । अब सिनियर टोलीमा पनि आफूले यस प्रदर्शनलाई निरन्तरता दिन आत्माविश्वास बढेको बताउँछन् ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.