6 years ago
December 25, 2019
पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल) को प्लेअफमा पुगेको छ । बुधबार बुटवल ब्लास्टर्सले प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य मात्र ११.४ ओभरमा पूरा गर्दै विराटनगरले प्लेअफमा स्थान पक्का गरेको हो । विराटनगरले काठमाडौं गोल्डेन्स वारियर्सलाई नेट रनरेटले पछि पार्दै प्ले अफमा पुगेको हो ।

जितका लागि १ सय ३४ रनको विजयी लक्ष्य विराटनगरले मात्र ११.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्दै प्ले अफमा स्थान पक्का गरेको हो । प्ले अफमा पुग्न विराटनगरले १२.२ ओभरमा लक्ष्य पुरा गर्नु पर्ने समिकरण बनेको थियो । विराटनगरको जितमा पाकिस्तानका नोमन खानले २२ बलमा ५ चौका सहित ३५ रनको योगदान दिए ।
११ औं ओभरको चौथो बलमा नितेश थापाले नोमन खानलाई एलबी डब्लू आउट गरेका थिए । पुष्प थापा १८ र मिनास थापा १ रनमा अविजित रहे । पुष्पले ८ बलमा ३ चौका प्रहार गरे । विराटनगरले सुरुवात देखीनै आक्रामक ब्याटिङ गर्दै बुटवललाई दबाबमा राखेको थियो । बुटवलले पहिलो ओभरमा १४ र दोस्रो ओभरमा १७ रन बटुल्दै उत्कृष्ट सुरुवात गर्यो । दोस्रो ओभरको चौथो बलमा हर्ष टोन्कले ओपनर लोकेश बमलाई १३ रनमा बोल्ड आउट गरे । लोकेशले ५ बलमा २ छक्का प्रहार गरे ।
नितेश थापाले कप्तान प्रदीप ऐरीलाई तेस्रो ओभरको पहिलो बलमै रविन्द्र जंग शाहीबाट ५ रनमा क्याच आउट गराए । पाँचौ ओभरको दोस्रो बलमा अभिनास बोहराले मोहम्मद जैद आलमलाई २४ रनमा सिद्धान्त लोहनीबाट क्याच आउट गराए । ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनु अघि जैदले १० बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

सातौं ओभरको पहिलो बलमा पुनित मेहरा ३२ रनमा क्याच आउट हुन पुगे । कमल खत्रीले रविन्द्र जंग शाहीबाट क्याच गराउनु अघि १७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पुनितले ब्यक्तिगत १० रनमा जिवनदान पाएका थिए । सुनिल धमला २ रनमा रन आउट भए । बुटवलका नितेश थापाले २, कमल खत्री, हर्ष टोन्क र अभिनास बोहराले १–१ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको बुटवल ब्लास्टर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । बुटवलका लागि भारतीय ब्याट्सम्यान हर्ष टोन्कले सर्वाधिक ६७ रनको योगदान दिए । पहिलो ओभरको दोस्रो बलमै मैदान छिरेका टोन्कले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै इनिङ उकासेका थिए । दिपेश श्रेष्ठको १३ औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने क्रममा टोन्क विकेटकीपर प्रदीप ऐरीबाट उत्कृष्ट क्याच आउट हुन पुगेका थिए ।

बुटवलका प्रमुख ब्याट्सम्यान ओपनर अफ्ताब उद्दीन अहमद पहिलो बलमै गोल्डेन डग आउट भए । किशोर महतोले विकेटकीपर प्रदीप ऐरीबाट क्याच गराएपछि शून्यमा पेभिलिएन फर्केका थिए । दोस्रो विकेटका लागि शंकर राना र हर्ष टोन्कले ३२ रनको साझेदारी गर्दै इनिङ उकासे । मोहम्मद जैद आलमको छैटौं ओभरको चौथो बलमा शंकरलाई दिपेश श्रेष्ठबाट २ रनमा क्याच आउट गराए । खराब सट खेल्दै पेभिलिएन फर्किनु अघि शंकरले १४ बलको सामना गरेका थिए । नवौं ओभरको पहिलो बलमा भिम सार्कीलाई साहब आलमले ५ रनमा बोल्ड आउट गरे ।
१२ औं ओभरको दोस्रो बलमा पुनित मेहरालाई छक्का प्रहार गर्दै हर्षले ३७ बलमा अर्ध शतक पुरा गरेका थिए । १२ औं ओभरका टोन्कले पुनितलाई ३ छक्का र १ चौका सहित कुल २४ रन बटुलेका थिए । कप्तान सिद्धान्त लोहनी ११ रनमा बोल्ड आउट भए । १८ औं ओभरको पाँचौ बलमा मोहम्मद जैद आलमले बोल्ड आउट गर्नुअघि सिद्धान्तले २१ बलमा १ छक्का प्रहार गरे । ११ रन जोड्न सिद्धान्तले दुई जीवनदान पाएका थिए ।
दिपेश श्रेष्ठको १५ औं ओभरको अन्तिम बललमा लङ अनमा लोकेश बलमले क्याच छाड्दा लोहनी १ रनमा खेलि रहेका थिए । सिद्धान्तले ब्यक्तिगत ९ रनमा पनि जिवनदान पाए। १७ औं ओभरको पाँचौ बलमा किशोर महतोलाई दिल स्कुप सट खेल्ने धुनमा पुष थापाले क्याच छाडेका थिए । १९ औं ओभरको दोस्रो बलमा रविन्द्र जंग शाहीलाई किशोरले शून्यमा बोल्ड आउट गरे । अन्तिम ओभरको दोस्रो बलमा जैदले शिबम सिंहलाई नोमन खानबाट ३७ रनमा क्याच आउट गराए । शिबमले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । साम्सद शेख ७ रनमा क्याच आउट भए ।

विराटनगरका लागि पाकिस्तानका मोहम्मद जैद आलमले ४ ओभरमा २० रन खर्चिदै ४ विकेट लिए । किशोर महतोले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । दीपेश श्रेष्ठले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । साहब आलमले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।
पहिलो खेलमा बुटवलले काठमाडौं गोल्डेन्स वारियर्सलाई सुपर ओभरमा हराएको थियो । चितवन राइनोजसँग बुटवल १ सय १९ रनको फराकिलो अन्तरले पराजित हुँदा पोखरा पल्टलनलाई ८ विकेटले हराएको थियो । चौथो खेलमा बुटवलले धनगढी एक्स्पर्टलाई ७ विकेटले पराजित गरेको थियो ।
यता विराटनगर पहिलो खेलमा धनगढीसँग ५ रनले पराजित भएको थियो । विराटनगरले दोस्रो खेलमा पोखरालाई ४५ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने विराटनगर काठमाडौंसँग ३६ रनले पराजित भएको थियो । विराटनगर चौथो खेलमा चितवनसँग १८ रनले पराजित भएको थियो ।
विराटनगरको अप्रत्याशित जितसँगै ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं लिग चरणबाटै बाहिरिएको छ । फाइनल प्रवेशको लागि विराटनगर र बुटवलबीच विहीबार क्वालिफायर खेल हुने छ । फाइनल पुष १२ मा हुने छ । चितवन अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा पुगिसकेको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]