6 years ago
December 26, 2019
पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै फाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा जितका लागि १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४४ रन बनायो । ओपनर अफ्ताबुद्दीन अहमदले आक्रामक ब्याटिङ गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर साहब आलमको पाँचौ ओभरको पाँचौ बलमा ठूला सट खेल्ने क्रममा बिट हुन पुग्दा अहमद ४३ रनमा बोल्ड आउट हुन पुगे । उनले २२ बलमा ६ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटका लागि अहमद र शंकर रानाले ५३ रनको साझेदारी गरेका थिए ।
अफ्ताबुद्दीनले ब्यक्तिगत २८ रनमा जीवनदान पाएका थिए । किशोर महतोको तेस्रो ओभरको चौथो बलमा ठूलो सट खेलेका अफ्ताबुद्दीनलाई लङ स्टपमा नोमन खानले क्याच छाड्न पुगेका थिए । शंकरलाई छैटौं ओभरको पहिलो बलमा जितेन्द्र मुखियाले ४ रनमा साहब आलमबाट क्याच आउट गराए । सातौं ओभरको चौथो बलमा साहबले जितेन्द्रबाट हर्ष टोन्कलाई २ रनमा क्याच गराए ।

साहबले ११ औं ओभरको चौथो बलमा शिवम सिंहलाई वैकल्पिक फिल्डिर दीपेश श्रेष्ठबाट १४ रनमा क्याच लिएका थिए । १६ औं ओभरको दोस्रो बलमा पुरन बिक १५ रनमा रन आउट हुन पुगे । १७ औं ओभरको अन्तिम बलमा किशोर महतोले सट थर्ड म्यानमा पुनितबाट भिम सार्कीलाई ४४ रनमा क्याच आउट गराएपछि खेल रोमान्चक बनेको थियो । भिमले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
१८ औैं ओभरको पहिलो बलमा मोहम्मद जैद आलमले साम्सद शेखलाई शून्यमा बोल्ड आउट गरेपछि बुटवलको जित कठिन बनेको थियो । जितेन्द्र मुखियाले १९ औं ओभर मेडन फ्याँकेपछि खेल विराटनगरको पकडमा गएको थियो । अन्तिम ओभरको पहिलो बलमा कप्तान सोमपाल कामी ५ रनमा क्याचआउट भए । स्पिनर साहब आलमले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । पुनित मेहेराले पनि ३ तथा किशोर महतो, जैद आलम र जितेन्द्र मुखियाले १-१ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । कप्तान प्रदीप ऐरीले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ४ छक्का सहित ३३ रनमा अविजित रहे । अन्तिम ओभरमा प्रदीपले अभिनास बोहरालाई २ छक्का र १ चौका सहित कुल १९ रन बटुलेका थिए ।
ओपनर सुनिल धमलाले सर्वाधिक ६१ रनको योगदान दिए । १७ औं ओभरको तेस्रो बलमा धमलालाई हर्ष टोन्कले भिम सार्कीबाट क्याच गराए । धमलाले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । धमलाले ४८ बलमा अर्ध शतक पुरा गरेका थिए ।
ओपनर मोहम्मद जैद आलम र सुनिल धमलाले ३९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । छैटौं ओभरको तेस्रो बलमा एक रन लिने क्रममा भिम सार्कीले सिधैं स्टम्प ताकेपछि आलम २० रनमा पेभिलिएन फर्किनु परेको थियो । आलमले १३ बलमा ३ चौका प्रहार गरे । हर्ष टोन्कको ११ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्नेक्रममा लोकेश बम स्टेटमा सोमपाल कामीबाट १९ रनमा क्याच आउट भए । लोकेशले १६ बलमा २ छक्का प्रहार गरे ।

धमला र पुनित मेहराले तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । पुनितलाई १८ औं ओभरको अन्तिम बलमा अभिनास बोहराले १९ रनमा बोल्ड आउट गरे । १९ औं ओभरको चौथो बलमा ललित सिंह भण्डारीले नोमन खानलाई शून्यमा क्याच आउट गराए । पुनितले २१ बलमा २ चौका प्रहार गरे । बुटवलका हर्ष टोन्कले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनास बोहरा र ललित सिंह भण्डारीले १(१ विकेट लिए ।
फाइनल शनिवार हुने छ । लिग चरणका पाँचै खेलमा जित सहित पारस खड्का कप्तान रहेको चितवन राइनोज अपराजित रहँदै स्वतः फाइनलमा पुगेको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]