6 years ago
December 27, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली फ्रेन्चाइज लिगमा विदेशी खेलाडी सधैं हावी हुँदै आएका छन् । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा पनि त्यसैले निरन्तरता पायो । अर्थात विदेखी खेलाडी भन्दा नेपाली खेलाडीको प्रर्दशन राम्रो हुन सकेन ।

पीपीएलको फाइनल खेल बाँकी रहँदा सबै टोलीको नतिजामा विदेशी खेलाडीको प्रर्दशन प्रमुख पाटो रह्यो । उपाधिको लागि चितवन राइनोज र विराटनगर टाइटन्स शनिबार भिड्ने छन् । यहाँसम्म आइपुग्दा केहि नेपाली खेलाडीको प्रर्दशन पनि राम्रो छ । घरेलु लिग होस वा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सबैमा नेपालाको ब्याटिङ सिमित खेलाडीमा निर्भर रहँदै आएको छ । ती सिमित खेलाडी बाहेक अन्यको ब्याटिङ राम्रो हुन सकेको छैन । जुन फ्रेन्चाइज लिगबाट पनि प्रष्ट हुन्छ ।
पीपीएलमा फाइनल अघि कुल १६ खेल भएका छन् । जसमा १५ अर्ध शतक र १ शतक बनेका छन् । जसमा नेपालको तर्फबाट ५ अर्ध शतक र १ शतक बनेका छन् भने विदेशी खेलाडीले १० अर्ध शतक बनाएका छन् । कुल १ सय ८१ छक्का र कुल २ सय ८४ चौका प्रहार भएका छन् । पीपीएल फाइनल अघि सर्वाधिक रन बनाउने १० खेलाडी :
१. पुनित मेहरा (विराटनगर)

विराटनगर टाइटन्सलाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रर्दशन गरेका भारतीय अलराउन्डर पुनित मेहराले ६ खेलमा १४६.७६ को स्ट्राइक रेटमा कुल १६ चौका र ८ छक्का सहित २ सय ४ रन बनाए । पुनितले पहिलो खेलमा धनगढीविरुद्ध १५ रन जोड्दा पोखरा पल्टनलाई हराउँन ६१ रनमा अविजित रहेका थिए । पोखराविरुद्ध २६ बलमा ५ चौका र ४ छक्का सहित आक्रामक इनिङ खेलेका उनी म्यान अफ द म्याच चुनिए । काठमाडौंविरुद्ध ३१ बलमा ३ चौका र छक्का सहित ५३ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । चितवन राइनोजसँग २४, बुटवलसँग लिग चरणमा ३२ रन र क्वालिफायरमा १९ रन जोडे ।
२. ज्ञानेन्द्र मल्ल (काठमाडौं)

काठमाडौं गोल्डेन्स वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले ५ खेलमा १५४.६१ को स्ट्राइक रेटमा १ शतक सहित कुल २ सय १ रन बनाए । जसमा १६ चौका र १३ छक्का सामेल छ । पहिलो खेलमा पोखरा पल्टनसँग १ र बुटवल ब्लास्टर्ससँग १५ रनमा आउट भएका ज्ञानेन्द्रले धनगढीविरुद्ध ३८ बलमा ८ चौका र ९ छक्का सहित एक सय रन जोड्दै म्यान अफ द म्याच घोषित भए । विराटनगरसँग ४५ र चितवन राइनोजसँग ४० रन बनाएका थिए ।
३. बाबर हायत (चितवन)

हङकङका पुर्व कप्तान तथा चितवन राइनोजका बाबर हायतले ५ खेलमा १२९.४१ को स्ट्राइक रेटमा कुल १ सय ९८ रन बटुलेका छन् । कुल १४ चौका र १२ छक्का सामेल छ । पहिलो खेलमै बाबरले पोखरा पल्टनविरुद्ध ४२ बलमा ६ चौका र ४ छक्का सहित ६६ रन जोड्दै म्यान अफ द म्याच चुनिएका थिए । बुटवलसँग १ र धनगढीसँग ३६ रन जोडे । विराटनगरविरुद्ध २५ र काठमाडौंविरुद्ध ७० रनको योगदान दिए ।
४. अफ्ताबुद्दीन अहमद(बुटवल)

भारतीय अलराउन्डर अफ्ताबुद्दीनले बुटवललाई प्ले अफ सम्म पुर्याउन महत्वपूर्ण प्रर्दशन गर्दै ६ खेलमा १६७.५७ को स्ट्राइक रेटमा २१ चौका र ११ छक्का सहित १ सय ८६ रन बनाए । पहिलो खेलमा काठमाडौंसँग १४ रनमै पेभिलिएन फर्केका उनी चितवनसँग २ रनमा आउट भए । पोखरालाई निराश बनाउन ४६ बलमा १२ चौका र २ छक्का सहित ७५ रन जोड्दै म्यान अफ द म्याच चुनिए । धनगढीविरुद्ध ५२ रन जोड्दै सहज जित दिलाए । विराटनगरसँग गोल्डेन डग आउट र क्वालिफायरमा ४३ रन जोडे ।
५. हर्ष टोन्क (बुटवल)

भारतीय खेलाडी हर्ष टोन्कले ६ खेलमा १५०.४६ को स्ट्राइक रेटमा कुल १ सय ६१ रन जोडेका छन् । जसमा १२ चौका र १३ छक्का सामेल छ । काठमाडौंसँग ४५ रन जोडेका उनी चितवनसँग १ र पोखरासँग ६ रनमा अविजित रहे । धनगढीसँग ४० रन बटुले । विराटनगरसँग ६७ रन र क्वालिफायरमा २ रन जोडेका थिए ।
६. रोहन मुस्तफा (चितवन)

युएईका अलराउन्डर रोहन मुस्तफाले ५ खेलमा १०५.४० को स्ट्राइक रेटमा कुल १ सय ५६ रन जोडेका छन् । जसमा १५ चौका र ४ छक्का सामेल छ । पोखराविरुद्ध ११ रन जोडेका मुस्तफाले बुटवलसँग अविजित ७० रन जोड्दै म्यान अफ द म्याच चुनिएका थिए । धनगढीविरुद्ध १८ र विराटनगरसँग ७ रनमा आउट भए । काठमाडौंसँग अविजित ५९ रन जोड्दै म्यान अफ द म्याच चुनिए ।
७. आरिफ शेख (चितवन)

नेपाली टोलीका युवा ब्याट्सम्यान आरिफ शेखले उत्कृष्ट प्रर्दशन गर्दै ५ खेलमा १८६.८४ को स्ट्राइक रेटमा ८ चौका र ११ छक्का सहित कुल १ सय ४२ रन जोडेका छन् । पोखराविरुद्ध १ रनमा आउट भएका आरिफ दोस्रो खेलमा बुटवलविरुद्ध ४० रन जोडे । धनगढीविरुद्ध ४७ रनको अविजित इनिङ खेल्दै आरिफ म्यान अफ द म्याच चुनिए । विराटनगरविरुद्ध ३९ रनमा अविजित हुँदा काठमाडौंविरुद्ध १५ रनमा आउट भए ।
८. जय किशन कोल्सावाला (काठमाडौं)

काठमाडौंका विकेटकीपर जयकिशन कोल्सावालाले ५ खेलमा १२३.२१ को स्ट्राइक रेटमा कुल १ सय ३८ रन बनाए । जसमा १४ चौका र ५ छक्का सामेल छ । कोल्सावालाले पहिलो खेलमा पोखराविरुद्ध ९, बुटवलसँग २८, धनगढीसँग ४६ रन जोड्दा विराटनगरविरुद्ध ५५ रन जोड्दै म्यान अफ द म्याच चुनिए । अन्तिम खेलमा चितवनसँग कोल्सावाला शून्यमा आउट भए ।
९. शिवम सिंह (बुटवल)

बुटवल ब्लास्टर्सका अलराउन्डर शिवम सिंहले ६ खेलमा ५ इनिङमा १२९.४१ स्ट्राइक रेटमा कुल १ सय ३२ रन जोडेका छन् । जसमा १० चौका र ७ छक्का छ । काठमाडौंसँग ३३ रनमा अविजित रहे । चितवनसँग ३३, धनगढीसँग १५ रनमा अविजित रहँदा विराटनगरसँग लिग चरणमा ३७ र क्वालिफायरमा १४ रन जोडेका थिए ।
१०. दीपेन्द्र सिंह ऐरी (धनगढी)

धनगढीका कप्तान दीपेन्द्र सिंह ऐरी ५ खेलमा १२२.४२ को स्ट्राइक रेटमा १३ चौका र ४ छक्का सहित कुल १ सय ३१ रन जोड्दै शीर्ष दशमा छन् । पहिलो खेलमा विराटनगरसँग शून्यमा आउट भएका दीपेन्द्र दोस्रो खेलमा काठमाडौंसँग ८ रनमा आउट भए । चितवनसँग ४९ रनमा आउट हुँदा बुटवलसँग ४५ बलमा ६ चौका र २ छक्का सहित ६१ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । पोखराविरुद्ध १४ रन बटुले ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]