default_image

6 years ago

December 27, 2019

पीपीएल उपाधिको छिनोफानो शनिबार

169 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि शनिवार फाइनलमा चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

चितवनको कप्तानी पारस खड्का र विराटनगरको प्रदीप ऐरीले गर्ने छन् । गत वर्ष चितवन फाइनलमा पोखरा पल्टनसँग पराजित हुन पुगेको थियो । चितवन लिग चरणमा पाँचै खेलमा अपराजित रहँदै सोझैं फाइनलमा पुगेको थियो । यता विराटनगर लिग चरणमा ५ खेलमा ३ मा हार र २ मा जित सहित काठमाडौं गोल्डेन्स वारियर्सलाई नेट रनरेटले पछि पार्दै प्ले अफमा पुगेको हो ।

क्वालिफायरमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा प्रवेश गरेको थियो । लिग चरणको अन्तिम खेलमा १ सय ३४ रनको लक्ष्य विराटनगरले ११.४ ओभरमा पुरा गर्दै प्ले अफ पक्का गरेको थियो ।

फाइनल अघि दुबै टोलीका कप्तानहरु एक अर्का टोलीलाई कमजोर मान्दैनन् । दुबै कप्तान उपाधि जित्न फाइनलमा उत्कृष्ट प्रर्दशन गर्नुपर्ने बताउछन् । चितवन अपराजित यात्रालाई कायमै राख्दै उपाधि जित्न चाहान्छ । अप्रत्याशित विराटनगर फाइनलमा सबैलाई आश्चर्य पार्दै उपाधि जित्ने सोचमा छ ।

फाइनल अघि चितवनका कप्तान पारस खड्काले पुरानो नतिजा के भयो भन्दा पनि भोली के गर्न सक्छौं भन्ने महत्वपूर्ण हुने बताए । लिग चरणका पाँच खेलको प्रर्दशनलाई फाइनलमा निरन्तरता दिने पारस बताउछन् । चितवनको मध्यक्रमको ब्याटिङ खासै प्रयोग भएको छैन । यस विषयलाई लिएर गरेको प्रश्नमा पारसले भने, शीर्षक्रममा हामी हाबी छौं, भोली पनि त्यहि होस् । जुन प्लान र जिम्मेवारी दिएको छ, त्यो अनुसार मध्यक्रमले पनि प्रर्दशन गर्नसक्नुपर्छ ।

‘विराटानगर बलियो टोली रहेको र राम्रो क्रिकेट खेलेर फाइनलमा पुगेको उनको तर्क छ । दुबै टोलीमा म्याच विनर खेलाडी छन् । हामी उत्कृष्ट क्रिकेट खेल्ने छौं’, पारसले भने ।

‘ कागजी रुपमा भन्दा पनि विराटनगरले मैदानमा उत्कृष्ट क्रिकेट खेलेको बताए । पोखरामा क्रिकेट विकास भइरहेका बताए । पारसले आरिफको प्रर्दशनको प्रशंसा गरे । आरिफले मिहेनत गरिरहेको छ । पछिल्लो छ महिनामा शैली पनि परिवर्तन गरेको छ । आशा गरौं फाइनल र आगमी दिनमा निरन्तरता दिनेछ’, उनले भने ।

विराटनगरका कप्तान प्रदीपले प्रतिस्पर्धी टोली बलियो रहेको र फाइनलमा जसले सबैभन्दा कम गल्ती गर्छ उसैले उपाधि जित्ने बताउँछन् । आफुहरुले सकभर राम्रो गर्न प्रयास गर्ने बताए । लोकेशको प्रर्दशन बारे उनले भने, उसमा क्षमता छ, उसले जुन प्रर्दशन गरेको छ त्यसलाई निरन्तरता दिए फाइनलमा उसलाई र टोली दुबैलाई फाइदा पुग्ने छ,’ प्रदीपले भने ।

६ खेलमा २ सय ४ रन बनाउनुको साथै ८ विकेट लिएका भारतीय अलराउन्डर पुनित मेहरा विराटनगरका प्रमुख खेलाडी हुन् । विराटनगरको जितमा पुनितको प्रर्दशन महत्वपूर्ण हुँदै आएको छ । फाइनलमा पनि उनको प्रर्दशन महत्त्वपूर्ण रहने छ । फाइनलमा ३ विकेट लिएका स्पिनर साहब आलम, आक्रामक ब्याटिङ गरि रहेका युवा खेलाडी लोकेश बम, पाकिस्तानका अलराउन्डर मोहमद जैद आलम उसका प्रमुख हतियार हुन् ।

लोकेशले लिग चरणमा विराटनगरविरुद्ध ३६ बलमा ५ चौका र ५ छक्का सहित ६२ रन जोड्दै चितवनलाई दबाबमा राखेका थिए । उनी पुन घातक बन्न सक्छन् । विराटनगर कागजी रुपमा कमजोर टोली भएपनि प्रतियोगितामा सबैलाई आश्चर्य पार्दै फाइनलमा पुगेको छ । विराटनगरलाई गुमाउनु केहि छैन । त्यसैले अप्रत्याशित नतिजा निकाल्ने सोचमा छ । लिग चरणमा विराटनगर चितवनसँग १८ रनले पराजित भएको थियो ।

चितवनको लागि बाबर हायत, रोहन मुस्तफा, आरिफ शेख, करण केसी र भुवन कार्कीले उत्कृष्ट प्रर्दशन गरेका छन् । समान ५ खेलमा करण केसी ११ विकेटका साथ शीर्षस्थानमा छन् । भुवन कार्की १० विकेटका साथ दोस्रो र सन्नी पटेल ९ विकेटका साथ तेस्रो स्थानमा छन् । यी तीन बलर फाइनलमा पनि हाबी हुने अनुमान गरिएको छ ।

बाबर हायतले १ सय ९८ तथा रोहन मुस्तफाले १ सय ५६ रन बनाउनुको साथै ८ विकेट लिएका छन् । अलराउन्डरले भोरिएको चितवन सन्तुलन र निकै बलियो देखिन्छ । अन्य खेलाडीको प्रर्दशन पनि उत्कृष्ट छ । उत्कृष्ट लयमा रहेको चितवन विराटनगरमाथि सहज जित निकाल्दै उपाधि जित्न चाहान्छ ।

पीपीएलको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल प्राप्त गर्ने छन् ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.