default_image

6 years ago

January 1, 2020

सन् २०१९ मा नेपालले खेलेका प्रतियोगिता, सिरिज र नतिजा

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जनवरीमा यूएईसँग ओडीआई तथा टि ट्वान्टी सिरिज हुँदै सुरुवात गरेको नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जित्दै २०१९ को अन्त्य गरेको छ । ओमान र अमेरिकासँग फ्रेवअरी पहिलो साता आईसीसी क्रिकेट विश्वकप लिग २ ओडीआई सिरिज कीर्तिपुरमा खेल्दै २०२० को सुरुवात गर्ने छ ।

समग्रमा नेपालको लागि २०१९ क्रिकेट बर्ष खराब रह्यो । अभागी वर्ष बन्यो । आइसीसी एसिया यू१९ एसिया कपमा छनोटबाट बाहिरिनु, आईसीसी टि ट्वान्टी ग्लोबल छनोटमा पुग्न नसक्नु यस वर्षका प्रमुख असफलता हुन् । जसले केहि सफलताको बाबजुद असफल वर्ष बनायो । नेपालले सन् २०१९ मा २९ अन्तर्राष्ट्रिय खेल खेल्यो । जसमा १५ खेलमा विजयी हुँदा १३ मा पराजित हुन पुग्यो । १ खेल रद्ध हुन पुग्यो । नेपाली महिला टोली २०१९ मा कुल १६ खेलमा १२ मा जित र ४ मा पराजित भए । सन् २०१९ मा नेपाली पुरुष, महिला, र यू१९ र यू१६ टोलीले खेलेका सम्पूर्ण प्रतियोगिता, सिरिज र नतिजा यस प्रकार छन् ।

यूएईसँग वान डे तथा टि ट्वान्टी सिरिज

नेपालले यूएईसँगको तीन वान र तीन टि ट्वान्टी सिरिज खेल्दै २०१९ को सुरुवात गरेको थियो । नेपालले जनवरी २५ देखी फेवअरी ३ सम्म यूएईसँग तीन टि ट्वान्टी सिरिज र ओडीआई सिरिज खेलेको थियो । नेपाल यूएईसँगको पहिलो वान डे खेलमा ३ विकेटले पराजित हुन पुग्यो । दोस्रो खेलमा १ सय ४५ रन र तेस्रोमा ४ विकेटले पराजित गर्दै पहिलो पटक ऐतिहासिक वान डे सिरिज जित्न सफल भयो ।

तेस्रो वान डे खेलमा पारसले १ सय १५ रन जोड्दै नेपालबाट ओडीआईमा शतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान कायम गरे । पहिलो टि ट्वान्टी खेल २१ रनले पराजित हुँदा नेपालले दोस्रो ४ विकेट र तेस्रो १४ रनले विजयी हुँदै टि ट्वान्टी सिरिज पनि २–१ ले जित्दै इतिहास रच्यो ।

मलेसियासँग टि ट्वान्टी सिरिज

नेपालले जुलाई १३ र १४ मा मलेसियासँग दुई टि ट्वान्टी खेल खेलेको थियो । पहिलो खेलमा ७ विकेट र दोस्रोमा ६ रनले विजयी हुँदै दुई टी ट्विान्टी सिरिज २–० जित्न सफल भयो ।

आईसीसी टि ट्वान्टी विश्वकप एसिया छनोट

जुलाई २२ देखी २८ सम्म सिंगापुरमा भएको आईसीसी टि ट्वान्टी विश्वकप एसिया रिजन छनोटमा नेपालले खराब प्रर्दशन गर्दै तेस्रो स्थानमा रहेर बाहिरियो । नेपाल कतारसँग ४ विकेटले पराजित हुँदा मलेसियालाई ७ विकेटले हराएको थियो । कुवेतलाई पनि ७ विकेटले हराउँदा सिंगापुरसँग ८२ रनले पराजित भएपछि ग्लोबल छनोटमा पुग्ने सपना अधुरै बनेको थियो ।

नेपाल, सिंगापुर र जिम्बावेबीच त्रिकोणात्मक सिरिज

सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म सिंगापुरमा नेपाल, सिंगापुर र जिम्बावेबीच त्रिकोणात्मक सिरिज भयो । पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हरायो । जुन खेलमा पारसले १ सय ६ रनको शतकीय इनिङ खेल्दै नेपालबाट टि ट्वान्टी आईमा शतक पुरा गर्ने पहिलो खेलाडी बने । जिम्बावेसँग ४ विकेटले पराजित हुँदा सिंगापुरसँग वर्षाको कारण रद्ध हुन पुगेको थियो ।

पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिज

अक्टोबर पाँच देखी १० सम्म ओमानमा पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिज भएको थियो । नेपालले हङकङ र नेदरल्यान्डलाई समान ४ विकेटले पराजित गर्दा ओमानसँग ६ विकेट र आयरल्यान्डसँग १३ रनले पराजित भएको थियो ।

एमसीसीसँग प्रथम श्रेणी

नेपालले नोभेम्बर ६ देखी ८ सम्म कीर्तिपुर क्रिकेट मैदानमा मेरिलोबन क्रिकेट क्लब (एमसीसी) सँग थी डे प्रथम श्रेणी क्रिकेट खेलेको थियो । जसमा नेपाल २ सय ८ रनले पराजित हुन पुग्यो ।

बंगलादेशमा एसीसी इमर्जिङ एसिया कप

बंगलादेशमा नोभेम्बर १४ देखी २३ सम्म भएको एसीसी इमर्जिङ एसिया कपमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङलाई ४० रनले हराएको थियो । बंगलादेशसँग ८ विकेटले पराजित हुँदै नेपाल समुह चरणबाटै बाहिरिएको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुद साग

डिसेम्बर १ देखी १० सम्म नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कास्य पदक जितेको थियो । नेपाल श्रीलंकासँग ६ विकेटले पराजित हुँदा बंगलादेशसँग ४४ रनले पराजित भएपछि स्वर्णको संभावना सकिएको थियो । भुटानलाई १ सय ४१ रनले हराउँदा माल्दिभ्सलाई ८४ रनले पराजित गर्यो । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक जितेको थियो ।

यू१९ पूरुष टोलीको २०१९ प्रर्दशन

आईसीसी एसिया यू१९ विश्वकप छनोट

अप्रिल १२ देखी १८ सम्म मलेसियामा भएको आईसीसी एसिया यू१९ विश्वकप छनोटमा नेपाली यू१९ टोली उत्कृष्ट प्रर्दशनको बाबजुद बाहिरिएको थियो । सिंगापुरलाई २ सय १९ रनले हराएको नेपाल यूएईसँग डकवर्थ लेविस पद्धतीको आधारमा १ रनले पराजित हुन पुग्यो । जुन हारले नेपाली यू१९ टोलीको विश्वकप खेल्ने सपना अधुरै बन्यो । नेपालले मलेसियालाई ८ विकेट, ओमानलाई १ सय ५० रन र कुवेतलाई ८ विकेटले हराएको थियो ।

एसिसी यू१९ इस्टर्न रिजन च्याम्पियन

जुलाई २ देखी ९ सम्म मलेसियामा भएको एसिसी यू१९ इस्र्टन रिजन छनोटमा नेपाल च्याम्पियन हुँदै एसिया कपमा छनोट भएको थियो । नेपालले चीनलाई १० विकेटले हराउँदा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा नेपालले मलेसियालाई ७ विकेटले हराउँदा फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

यू१९ एसिया कप (श्रीलंका)

५ सेप्टेम्बर देखी १४ सम्म श्रीलंकामा भएको एसीसी यू१९ एसिया कपमा नेपाल पहिलो खेलमा श्रीलंकासँग डक वर्थ लेविस पद्धतीको आधारमा ५ विकेटले पराजित हुन पुग्यो । बंगलादेशसँग ६ विकेटले पराजित हुँदा यूएईलाई १ सय ६० रनले हराएको थियो ।

यू१९ एक दिवसिय च्यालेन्जर्स कप

नोभेम्बर ११ देखी १७ सम्म भारतमा भएको यू१९ एक दिवसिय च्यालेन्जर्स कपमा नेपाल पहिलो खेलमा भारत सी सँग १० विकेटले पराजित हुन पुग्यो । नेपाल भारत ए सँग १ सय ७ रनले पराजित हुन पुग्यो । भारत बी सँग नेपाल २ विकेटले पराजित भयो । तेस्रो स्थानको लागि भएको खेलमा भारत सी सँग १ सय ५५ रनले पराजित भएको थियो ।

सन् २०१९ मा राष्ट्रिय महिला टोलीको प्रर्दशन

महिला टि ट्वान्टी स्याम्स

नेपाली राष्ट्रिय महिला टोलीले जनवरी १२ देखी १९ सम्म थाइल्यान्डमा भएको महिला टि ट्वान्टी स्याम्समा उप विजेता बनेको थियो । पहिलो खेलमा चीनलाई १० विकेटले हराउँदा मलेसियालाई ६ विकेटले हराए । यूएईलाई ६ विकेटले हराउँदा थाइल्यान्ड ए महिला टोलीलाई ९ विकेटले हराएका थिए । सेमिफाइनलमा इन्डोनएसियालाई ९२ रनले हराउँदा फाइनलमा थाइल्यान्डसँग ७० रनले पराजित भएको थियो ।

टि ट्वान्टी एसिया विश्वकप छनोट

फ्रेबअरी १८ देखी २७ सम्म थाईल्यान्डमा भएको आईसीसी विश्वकप छनोट एसिया छनोटमा दोस्रो हुँदै बाहिरिएको थियो । पहिलो खेलमा मलेसियलाई ३४ रनले पराजित गर्दा दोस्रो खेलमा थाईल्यान्डसँग ५७ रनले पराजित हुन पुगेको थियो । यूएईलाई ७ विकेटले हराउँदा हङकङलाई ४ विकेटले पराजित गरेको थियो । चीनलाई ५ विकेट र कुवेतलाई ३० रनले हराएको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुद साग

सागमा नेपाली महिला टोलीले कास्य जिते । डिसेम्बर १ देखी १० सम्म भएको सागमा पोखरामा माल्दिभ्सलाई १० विकेटले हराएको नेपाली महिला टोलीले बंगलादेशसँग १० विकेटले पराजित हुन पुग्यो । श्रीलंकासँग ४१ रनले पराजित हुँदा माल्दिसलाई १० विकेटले हराउँदै कास्य पदक जितेका थिए ।

बी एण्ड आर यू१९

चीनमा अघिल्लो महिना भएको बी एण्ड आर वुमन्स यू१९ कप प्रतियोगितामा नेपाली यू१९ टोली तेस्रो स्थानमा रहेको थियो ।

एसीसी यू१६ इस्टर्न रिजन च्याम्पियन

थाईल्यान्डमा २० अप्रिल देखी २८ सम्म भएको एसीसी यू१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि नेपालले जितेको थियो । नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले हराएको थियो । मलेसियालाई ३९ र थाईल्यान्डसँगको खेल वर्षाको कारण नतिजा विहीन बन्यो । हङकङलाई ४ विकेटले हराउँदा मलेसियालाई ५९ रनले हराउँदै यू१६ नेपाली टोली च्याम्पियन बनेको थियो ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.