6 years ago
January 4, 2020
भूपेन्द्र जिसी, काठमाडौं
छोटो समयमै नेपाली क्रिकेटमा फ्रेन्चाइज लिगले राम्रो उचाई लिएको छ । सिमित आर्थिक बजार अनि एसोसिएट टोली हुनुका बाबजुद नेपालमा तीन फ्रेन्चाइज लिग हुनु सामान्य कुरा होइन ।

पछिल्लो समय नेपाली घरेलु क्रिकेट फ्रेन्चाइज लिगले धानेको छ भन्दा खासै फरक नपर्ला । खेलाडी छनोटको मुख्य आधर पनि फ्रेन्चाइज लिगको प्रर्दशन हुँदै आएको छ । युवा खेलाडीलाई राष्ट्रिय टोली र खराब लय रहेका खेलाडीलाई पुनरागमन गर्ने राम्रो अवसर बनिरहेको छ । खेलाडीलाई खेलेर बाच्ने आधार देखाएको छ । क्रिकेटलाई सक्रिय बनाएको छ ।
सन् २०१६ मा भारतमा भएको टि ट्वान्टी विश्वकपको लागि २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको ग्लोबल छनोटमा खराब प्रर्दशन गर्दै नेपाल बाहिरिएपछि धेरैले भविष्यलाई लिएर चिन्ता व्यक्त गरे । खराब प्रर्दशन यति सम्म रह्यो कि जर्सीसँग ७ विकेटले पराजित हुँदै नेपाल बाहिरिएको थियो । नेपाली क्रिकेटको विकास गर्न घरेलु प्रतियोगिता धेरै भन्दा धेरै हुनुपर्ने तत्कालिन कप्तान पारस खड्का देखि सबै क्रिकेट समर्थक र शुभचिन्तकको माग थियो ।

नेपाल क्रिकेट संघ (क्यान) एक पछि अर्को विवाद र आन्तरिक किचलोको कारण लथालिङ्ग हुँदै गएको थियो । त्यसैले क्यानबाट घरेलु क्रिकेटको आयोजनाको कल्पना गर्न सक्ने अवस्था थिएन । निजी क्षेत्र लगानी गर्न डराई रहेका थिए । सन् २०१६ मा आमिर अख्तरले एभरेष्ट प्रिमियर लिग गर्ने घोषणा गरे । त्यसअघि आयोजना नेपाल प्रिमियर लिगलाई परिवर्तन गर्दै ईपीएल २४ सेम्टेम्बर देखी ३ अक्टोबर सम्म गरियो । जसको उपाधि शरद भेषवाकर कप्तान रहेको पञ्चकन्या तेजले जित्यो ।
सन् २०१७ मा धनगढी क्रिकेट एकेडेमीले धनगढी प्रिमियर लिग आयोजना गर्ने घोषणा गर्यो । २०१७ देखि टोलीलाई मजबुत बनाउन र नेपाली खेलाडीको स्तर वृद्धी गर्न भन्दै इपीएलले विदेशी खेलाडी राख्ने प्रावधान ल्याएको थियो । विदेशी खेलाडी अनुबन्धनसँग फ्रेन्चाइज लिगको लोकप्रियता नेपालमा ह्वात्तै बढ्यो ।

सन् २०१८ मा क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा.ली ले पोखरामा पोखरा प्रिमियर लिग गर्ने घोषणा गर्यो । हालसम्म ईपीएल र डीपीएलको तीन संस्करण तथा पीपीएलको दुई संस्करण सकिएको छ । पछिल्लो एक वर्षमा यी तीन फ्रेन्चाइज लिगबीच को भन्दा को उत्कृष्ट हुने होड चलिरहेको छ । साथै विस्तारै एक अर्काबीच सम्बन्ध चिसिँदै पनि गएको छ ।
ईपीएलको आउँदो संस्करणमा सन् २०१८ देखी डीपीएल र पीपीएल खेलेका विदेशी खेलाडीले खेल्न नपाउने भएका छन् । यसले फ्रेन्चाइज लिगमा नयाँ तरङ्ग ल्याएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार फ्रेन्चाइज लिग खेल्न विदेशी खेलाडीले आफ्नो क्रिकेट बोर्डबाट नो अब्जेसन सर्टिफिर्केट (एनओसी) लिनुपर्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीसँग विदेशी खेलाडी खेलाउने स्वीकृती लिन २० लाख तिरेपनि नेपालमा विदेशी खेलाडीलाई एनओसी अनिवार्य लागु गरिएन ।

भारतीय सन्नी पटेल, जयकिशन कोल्सावा, गौरव तोमर, सुवोध भाटी, पुनित मेहरा, दीपेश भण्डारी एनओसी विना खेल्दै आएका खेलाडी हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो अनुबन्धमा रहेका खेलाडीलाई विदेशी लिग खेल्न अनुमती दिदैन । त्यसैले आगमी ईपीएलमा उच्च स्तरको क्रिकेट खेलिरहेका भारतीय खेलाडी आउने छैनन् ।
आईसीसीले क्यान प्रतिबन्धमा रहेको अवस्थामा नेपाली क्रिकेट गतिविधिलाई सक्रिय पार्न तीनै फ्रेन्चाइज लिगलाई अनुमती दिंदै आएको थियो । त्यसको लागि फ्रेन्चाइज टोलीले २० लाख रुपैयाँ तिरिरहे । अब तीनै फ्रेन्चाइज टोलीले क्यानसँग अनुमती लिनुपर्ने हुन्छ । क्यानको निलम्बन सशर्त फुकुवासँगै तीन फ्रेन्चाइज लिगको भविष्य अव के होला ? तीनै फ्रेन्चाइज लिगले निरन्तरता पाउलान् की नपाउलान् ? सिमित नेपाली आर्थिक बजारले तीन फ्रेन्चाइज लिग धान्न सक्ला ? यस्ता प्रश्न चलि रहेको बेला डीपीएल र पीपीएल खेलेका विदेशी खेलाडीले इपीएल खेल्न रोक लगाउने निर्णयले थप प्रश्न उठाएको छ ।

डीपीएल र पीपीएल खेलेका खेलाडी इपीपीएल खेल्न रोक्नुको कारण के ? इपीएलले अब कुन स्तरका खेलाडी ल्याउला ? नाम मात्रै फरक र ठूलो भएर हुन्छ की प्रर्दशन पनि हुनुपर्छ ? विश्वमा अरु लिग खेलेको आधारमा कहाँ रोक लगाईएको छ ? फ्रेन्चाइज लिग नेपाली क्रिकेट विकास गर्ने माध्यम की व्यापार गर्ने अवसर ? आयोजकसँग सम्बन्ध राम्रो नभएको हुँदा विदेशी खेलाडीलाई रोक्न किन पर्यो ? आफ्नो राम्रो अरुको नराम्रो ? डीपीएल र पीपीएलका खेलाडीलाई रोक लगाउँदा ईपीएललाई के फाइदा ? लगायतका थुप्रै प्रश्न उठेका छन् ।
हाल नेपाली फ्रेन्चाइज लिगमा खेलिरहेका यूएईका पूर्वकप्तान रोहन मुस्तफा, हङकङका पूर्व कप्तान बाबर हायत र भारतका सन्नी पटेलले उच्च प्रर्दशन गर्दै आएका छन् । रोहनले नेपाली समर्थकको साथ, हौसला, समर्थन, मायाको कारण नेपाली फ्रेन्चाइज लिग खेल्न मन पर्ने पीपीएलमा बताएका थिए । डीपीएल र पीपीएल खेलेको कारण उत्कृष्ट, प्रर्दशन क्षमता र नेपाली समर्थकसामु खेल्ने इच्छा हुँदा हुदै खेल्न नपाउनु पक्कै राम्रो होइन । यसले अन्तर्राष्ट्रिय समुदायमा नेपाली क्रिकेटको पक्कै राम्रो सन्देश जादैन ।

इपीएलका सञ्चालक आमिर अख्तरले सधैं भन्ने गर्छन्, ‘इपीएलको मुख्य उदेश्यनै नेपाली क्रिकेट विकास हो ।’ डीपीएल र पीपीएल खेलेका विदेशी खेलाडीलाई रोक लगाउँदैमा नेपाली क्रिकेटको विकास हुन्छ होला र ? फ्रेन्चाइज टोलीले चाहान्छन् भने इपीएलमा टेष्ट टोलीका ठूला खेलाडी ल्याउन सक्छन् । त्यो नेपाली क्रिकेटकै लागि फाइदा हो ।
सबै उच्च र टेष्ट स्तरका खेलाडीनै हुनुपर्छ भन्ने पनि त छैन । नेपाली फ्रेन्चाइज लिगमा उच्च प्रर्दशन गरिरहेका खेलाडीलाई खेलाउन चाहँदा चाहँदै आयोजकको कारण खेलाउन नपाउनु पक्कै राम्रो होइन । हो नेपालमा उच्च स्तरका खेलाडी आउनु पर्छ । विदेशीबाट नेपाली खेलाडीले धेरै भन्दा धेरै कुरा सिक्न सकुन् । बाबर, सन्नी र रोहनले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

गतवर्ष तीनै लिगमा म्यान अफ द सिरिज चुनिएका सन्नी, एक हप्ता अघि पीपीएलमा म्यान अफ द सिरिज चुनिएका रोहन र उत्कृष्ट प्रर्दशन गर्दै आएका बाबर खेल्न नपाउनु पक्कै राम्रो कुरा होइन । यी मात्र होइन यस्ता अरु केहि खेलाडी छन् जसले पीपीएल र इपीएल राम्रो प्रर्दशन गरेका खेलाडी हुन सक्छन् । खेलाडीको क्षमता छ भने जुन सुकै लिग खेलेको होस् उसलाई खेल्न दिनुपर्छ । कुन लिग खेल्यो भन्दा पनि कस्तो क्षमताका खेलाडी हो महत्वपूर्ण हुन्छ । जुन इपीएल आयोजकले बुझ्न आवश्यक देखिन्छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]