6 years ago
January 4, 2020
एजेन्सी – मेलबर्न स्टार्सले बिग ब्यास लिगअन्तर्गत डर्बी खेलमा मेलबर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा बलियो पकड जमाएको छ ।

जितका लागि १ सय ४३ रनको लक्ष्य पछ्याएको स्टार्सले २ विकेटको क्षतिमा १९ औं ओभरमा लक्ष्य पूरा गर्यो । स्टार्सका लागि ओपनर मार्कस स्टोइनिसले सर्वाधिक ५५ बलमा ६८ रनको योगदान दिए । विजयी रन प्रहार गरेका उनले ७ चौका र १ छक्का प्रहार गरे । कप्तान ग्लेन म्याक्सवेल ३२ बलमा ४० रन जोड्दै नटआउट रहे । उनले ३ चौका र १ छक्का प्रहार गरे ।
अर्का ओपनर निक म्याडीसन १७ तथा बेन डंक १५ रनमा आउट भएका थिए । रेनेगेड्सका लागि केन रिचर्डसन र रिचार्ड ग्लिसनले १-१ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा रेनेगेड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो । ओपनर स्याम हार्परले १२ रन जोड्दा कप्तान आरोन फिंच २५ रनमा बोल्ड भए । सन मार्सले ३३ बलमा सर्वाधिक ४३ रनको योगदान दिए । ब्यु वेब्स्टर २९ रनमा जाम्पाको बलमा बोल्ड भए । विल सदरल्यान्डले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य अंक छुन सकेनन् ।
पछिल्लो खेल सामान्य चोटका कारण विश्राममा रहेका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो ब्याटिङ गरेको रेनेगेड्सका दुई प्रमुख ब्याट्सम्यानलाई एकै ओभरमा आउट गरेका थिए । सन्दीपले समग्रमा ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ३ विकेट लिए ।
पहिलो ओभरमा ७ रन खर्चेका सन्दीपले दोस्रो ओभरमा १२ रन दिए । तेस्रो ओभरमा २ विकेटसँगै सन्दीपले ४ रन दिएका थिए । तेस्रो ओभरको तेस्रो बलमा उनले सर्वाधिक रन जोडेका सन मार्सलाई क्याचआउट गराए । बाउन्ड्रीमा बेन डंक र नाथन कुल्टर नाइलले उत्कृष्ट क्याच लिएका थिए ।

पाँचौ बलमा आक्रामक अलराउन्डर ड्यान क्रिस्टियनलाई सन्दीपले ह्यान्ड्सकम्बको हातबाट शून्यमा स्टम्पिङ गराएका थिए । चौथो ओभरको पाँचौ बलमा टम कुपरको क्याच कप्तान ग्लेन म्याक्सवेलले ड्रप गरेपनि अन्तिम बलमा उनले कुपरलाई एलबीडब्लू धरापमा पारे ।
स्टार्सका लागि सन्दीपले ३ विकेट लिँदा अर्का स्पिनर एडम जाम्पा र डेल स्टेनले २-२ विकेट हात पारे । कुल्टर नाइलले १ विकेट लिए । यस जितसँगै स्टार्सले ६ खेलमा ५ जित र १ हारसँगै १० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको सिड्नी सिक्सर्सको ६ खेलमा ८ अंक छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]