6 years ago
January 5, 2020
सुनसरी (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान कुशल मल्लको विष्फोटक शतकसँगै मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ए को पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २ सय ८२ रनको लक्ष्य दिएको छ ।

सुनसरीको इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको आर्मीले निर्धारित ४६ ओभरमा २ सय ८१ रनमा अल आउट भयो । खराब मौसमको कारण खेल केहि ढिला सुरु हुँदा ४ ओभर घटाईएको थियो । आर्मीका बायाँ हाते युवा ब्याट्सम्यान कुशल मल्लले १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेले । प्रदीप ऐरीले ३४ औं ओभरको अन्तिम बलमा बोल्ड गर्नुअघि कुशलले ६३ बलमा ५ चौका र १३ छक्का प्रहार गरे । ठूलो सट खेल्नेक्रममा विट हुँदा कुशल बोल्ड आउट हुन पुगेका थिए ।
कुशलले ३२ औं ओभरको तेस्रो बलमा पृथु बास्कोटलाई छक्का प्रहार गर्दै ५३ बलमा शतक पुरा गरेका थिए । कुशलले २६ औं ओभरको तेस्रो र चौथो बलमा वसन्त रेग्मीलाई लगातार दुई छक्का प्रहार गर्दै ३१ बलमा अर्ध शतक पुरा गरेका थिए । १४ औं ओभरको अन्तिम बलमा सुर्य तामाङले ओपनर राजु रिजाललाई ९ रनमा विकेटकीपर आशिफ शेखबाट क्याच गराउँदै एपीएफलाई पहिलो सफलता दिलाएका थिए । राजुले ३७ बलमा १ चौका प्रहार गरे ।

लगत्तै १५ औं ओभरको चौथो बलमा वसन्त रेग्मीले सिलीपमा शंकर रानाबाट हरि बहादुर चौहानलाई शून्यमा क्याच गराए । ओपनर अनिल मण्डल ४१ रनमा आउट भए । २७ औं ओभरको दोस्रो बलमा अमर सिंह राउटेलाले कमल सिंह ऐरीबाट क्याच आउट गराउनु अघि ८८ बलमा ४ चौका प्रहार गरे । तेस्रो विकेटका लागि अनिल र कुशलले ८५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
वसन्तले कप्तान विनोद भण्डारीलाई ७ रनमा स्टम्पिङ आउट गराए । वसन्तले रोहित कुमार पौडेललाई पनि २६ रनमा स्टम्पिङ आउट गरे । रोहितले ३१ बलमा २ चौका प्रहार गरे । ३८ औं ओभरको पाँचौ बलमा वसन्तले भिम सार्कीलाई ८ रनमा एलबी डब्लू आउट गरे । राजेश पुलामी मगर अन्तिम बलमा ३८ रनमा रन आउट भए । राजेशले २४ बलमा २ चौका र २ छक्का प्रहार गरे । विक्रम शोबले १७ बलमा २ चौका सहित १४ रनमा क्याच आउट भए ।
एपीएफका कप्तान वसन्त रेग्मीले १० ओभरमा १ मेडन सहित ५४ रन खर्चेर ४ विकेट लिए । अमर सिंह राउटेलाले २, अभिनास बोहरा, प्रदीप ऐरी र सुर्य तामाङ १–१ विकेट लिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]