default_image

5 years ago

January 5, 2020

कुशलको अलराउन्डर प्रर्दशनमा आर्मी विजयी

94 views

0 Bookmark

सुनसरी (हाम्रो खेलकुद) – युवा खेलाडी कुशल मल्लको उत्कृष्ट शतकीय अलराउन्डर प्रर्दशनमा सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबले नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) क्लब लाई १ सय ८ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

२ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ ३९.३ ओभरमा अल आउट हुँदै १ सय ७३ रनमा समेटियो । एपीएफका लागि पृथु बास्कोटाले सर्वाधिक ३६ रनको योगदान दिए । ३८ औं ओभरको अन्तिम बलमा रन आउट हुनुअघि पृथुले ३७ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

पहिलो ओभरको तेस्रो बलमै ओपनर आशिफ शेखलाई विक्रम शोबले शून्यमा बोल्ड आउट गरे । १७ औं ओभरको दोस्रो बलमा अर्का ओपनर शंकर रानालाई साहब आलमले ३२ रनमा बोल्ड आउट गरे । शंकरले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

२१ औं ओभरको तेस्रो बलमा प्रदीप ऐरी २१ रनमा क्याच आउट भए । प्रदीपले ६७ बलमा १ चौका र १ छक्का प्रहार गरे । सन्दीप जोरा १८ बलमा ३ चौका सहित २३ रनमा आउट भए । जोरालाई कुशल मल्लले २६ औं ओभरको तेस्रो बलमा बोल्ड आउट गरेका थिए ।

कुशललेनै सुमित महर्जनलाई ३१ बलमा २ चौका र १ छक्का सहित २३ रनमा विनोद भण्डारीबाट क्याच गराए । कप्तान वसन्त रेग्मी १७ रनमा एलबी डब्लू आउट भए । सुसन भारीको ३३ ओभरको अन्तिम बलमा एम्पारले एलबी डब्लू आउट दिएपनि वसन्त सन्तुष्ट देखिएनन् । बल आफ्नो हातमा लागेर गएको भन्दै वसन्त एम्पारको निर्णय प्रति असन्तुष्ट जनाउँदै पेभिलिएन फर्केका थिए ।

वसन्तले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे । स्पिनर साहब आलमले ९ ओभरमा १ मेडन सहित ३१ रन खर्चिदै ३ विकेट लिए । कुशल मल्ले ४ ओभरमा १ मेडन सहित २४ रन खर्चिदै २ विकेट लिए । विक्रम शोब, सुसन भारी र भिम सार्कीको नाममा १–१ विकेट रह्यो ।

 

त्यअघि टस जितेर ब्याटिङ थालेको आर्मीले निर्धारित ४६ ओभरमा अल आउट हुँदै २ सय ८१ रनमा समेटिएको थियो। खराब मौसमको कारण खेल केहि ढिला सुरु हुँदा ४ ओभर घटाईएको थियो । आर्मीका कुशल मल्लले १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।

प्रदीप ऐरीले ३४ औं ओभरको अन्तिम बलमा बोल्ड गर्नुअघि कुशलले ६३ बलमा ५ चौका र १३ छक्का प्रहार गरे । ठूलो सट खेल्नेक्रममा विट हुँदा कुशल बोल्ड आउट हुन पुगेका थिए । कुशलले ३२ औं ओभरको तेस्रो बलमा पृथु बास्कोटलाई छक्का प्रहार गर्दै ५३ बलमा शतक पुरा गरेका थिए ।

कुशलले २६ औं ओभरको तेस्रो र चौथो बलमा वसन्त रेग्मीलाई लगातार दुई छक्का प्रहार गर्दै ३१ बलमा अर्ध शतक पुरा गरेका थिए । १४ औं ओभरको अन्तिम बलमा सुर्य तामाङले ओपनर राजु रिजाललाई ९ रनमा विकेटकीपर आशिफ शेखबाट क्याच गराउँदै एपीएफलाई पहिलो सफलता दिलाएका थिए । राजुले ३७ बलमा १ चौका प्रहार गरे ।

लगत्तै १५ औं ओभरको चौथो बलमा वसन्त रेग्मीले सिलीपमा शंकर रानाबाट हरि बहादुर चौहानलाई शून्यमा क्याच गराए । ओपनर अनिल मण्डल ४१ रनमा आउट भए । २७ औं ओभरको दोस्रो बलमा अमर सिंह राउटेलाले कमल सिंह ऐरीबाट क्याच आउट गराउनु अघि ८८ बलमा ४ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि अनिल र कुशलले ८५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । वसन्तले कप्तान विनोद भण्डारीलाई ७ रनमा स्टम्पिङ आउट गराए । वसन्तले रोहित कुमार पौडेललाई पनि २६ रनमा स्टम्पिङ आउट गरे । रोहितले ३१ बलमा २ चौका प्रहार गरे ।

३८ औं ओभरको पाँचौ बलमा वसन्तले भिम सार्कीलाई ८ रनमा एलबी डब्लू आउट गरे । राजेश पुलामी मगर अन्तिम बलमा ३८ रनमा रन आउट भए । राजेशले २४ बलमा २ चौका र २ छक्का प्रहार गरे । विक्रम शोबले १७ बलमा २ चौका सहित १४ रनमा क्याच आउट भए ।

एपीएफका कप्तान वसन्त रेग्मीले १० ओभरमा १ मेडन सहित ५४ रन खर्चेर ४ विकेट लिए । अमर सिंह राउटेलाले २, अभिनास बोहरा, प्रदीप ऐरी र सुर्य तामाङ १–१ विकेट लिए । समुह ए को खेलमा एपीएफले सोमबार एमएमसीसी इनरुवासँग खेल्ने छ । समुह सी बाट प्रदेश नम्बर ३ सेमिफाइनलमा पगि रहेको छ ।

December 13, 2024

चितवनलाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]

December 13, 2024

बसिरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

Success

Thank you for your time.