default_image

6 years ago

January 8, 2020

इपिएलमा उपलब्ध ५ स्टार विदेशी खेलाडी

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) आगमी चैत्रमा हुँदैछ । जसको लागि आयोजक र फ्रेन्चाइज टोली तयारीमा जुटिसकेका छन् ।

यस वर्षको संस्करणको प्रत्यक्ष प्रसारण डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ नामक भारतीय टेलिभिजन च्यानलले गर्ने छ । यस पटक
इपिएलले सन् २०१८ यता दुई वर्ष यता धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग खेलेका विदेशी खेलाडी इपीएल खेल्न पाउने छैनन् ।

विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिकाका पुर्व कप्तान तथा ओपनर हसिम अमला आउने पक्का पक्कि भएको आयोजकले जनाएको छ । अन्य ठूला स्टार खेलाडीसँग पनि आयोजकले निरन्तर छलफल गरि रहेको छ । इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले आफ्नो आधिकारीक वेवसाइटमा राखिएका विदेशी खेलाडी खेल्ने पक्का नभएको हाम्रो खेलकुदलाई जानकारी दिए ।

अख्तरले वेवसाइटमा राखिएका खेलाडी इच्छुक रहेको तथा फ्रेन्चाइज टोली र खेलाडीबीच पारिश्रमिकमा कुरा मिल्नसके ती खेलाडी
इपिएल खेल्ने बताए । अख्तरले अमला बाहेक अन्य विदेशी खेलाडी नेपाल आउने पक्का नभएको बताए । अर्को हप्ता सम्म फ्रेन्चाइजले आफ्नो टोलीमा रहने विदेशी खेलाडीको बारे सार्वजनिक गर्ने बताए । आगामी इपिएलको लागि उपलब्ध विश्वका पाँच स्टार खेलाडी ।

५. ड्वेन स्मिथ (वेस्ट इन्डिज)

वेस्ट इन्डिजका स्टार अलराउन्डर ड्वेन स्मिथ इपिएलको लागि उपलब्ध रहेको अख्तरले जनाएका छन् । मध्यगतिमा बलिङ गर्ने उनी शीर्षक्रमका ब्याट्सम्यान हुन् । ड्वेन स्मिथले १० टेष्ट, १ सय ५ ओडीआई र ३३ टि ट्वान्टी आई खेलेका छन् ।

टि ट्वान्टीमा उनले ५ सय ८२ रन बनाउनुको साथै ७ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रर्दशन सन् २०१४ को टि ट्वान्टी विश्वकपमा बंगलादेशविरुद्ध ७२ रन छ । जुन खेलमा उनी म्यान अफ द म्याच चुनिएका थिए ।

४. केसरिक विलियम्स (वेस्ट इन्डिज)

वेस्ट इन्डिजका वर्तमान क्रिकेटका अलराउन्डर केसरिक विलियम्स पनि इपिएलको लागि उपलब्ध खेलाडी हुन् । तीब्र गतिका बलर विलियम्सले तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् । २०१६ मा पाकिस्तानविरुद्ध टि ट्वान्टीमा डेब्यू गरेका उनले ८ एक दिवसिय २४ टि ट्वान्टी आई खेलेका छन् ।

उनले टि ट्वान्टी आईमा ४१ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ४-२८ छ । वेस्ट इन्डिजको घरेलु टि२० क्यारेबियन प्रिमियर लिगमा उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ ।

३. उपुल थरंगा (श्रीलंका)

श्रीलंकाका पुर्व कप्तान तथा स्टार ब्याट्सम्यान उपुल थरंगा पनि इपिएलको लागि उपलब्ध रहेका छन् । ३५ वर्षिय बायाँ हाते शीर्षक्रमका ब्याट्सम्यान उपुल थरंगाले श्रीलंकाबाट ३१ टेष्ट, २ सय ३५ ओडीआई र २६ टि ट्वान्टी आई खेलेका छन् ।

टेष्टमा ३ शतक र ८ अर्ध शतक सहित १७ सय ५४ रन बनाएका छन् । ओडीआईमा उनले १५ शतक र ३७ अर्ध शतक सहित कुल ६ हजार ९ सय ५१ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन १ सय ७४ नट आउट छ ।

२. लियाम प्लंकेट (इंग्ल्यान्ड)

 

इंग्ल्यान्डका तीब्र गतिका बलर लियाम प्लंकेटले इंग्ल्यान्डलाई एक दिवसिय विश्वकपको उपाधि दिलाउन फाइनलमा न्युजिल्यान्डविरुद्ध महत्वपूर्ण ३ विकेट लिएका थिए । प्लन्केटले तल्लोक्रममा ठूला सट खेल्ने गर्दछन् । उनले १३ टेष्ट, ८९ ओडीआई र २२ टि ट्वान्टी आई खेलेका छन् ।

प्लंकेटले सय ३८, ओडीआईमा ६ सय ४६ र टि ट्वान्टीमा ४२ रन बनाएका छन् । उनले टेष्टमा ४१, ओडीआईमा १ सय ३५ र टि ट्वान्टीमा २५ विकेट लिएका छन् ।

१. मोहम्मद शहजाद (अफगानिस्तान)

अफगानिस्तानका विश्फोटक ओपनर तथा विकेटकिपर मोहम्मद शहजाद इपिएलको लागि उपलब्ध रहेका ठूला नाम गरेका विदेशी खेलाडी हुन् । शहजादले विश्फोटक ब्याटिङ गर्दै टोलीको सहज जित पक्का गर्न सक्छन् । अफगानिस्तानलाई टेष्ट मान्यता दिलाउन उनको योगदान महत्वपूर्ण छ ।

शहजादले अफगानिस्तान क्रिकेट बोर्डसँग अनुमति नलिई अन्य देशमा गएको भन्दै प्रतिबन्धमा रहेका छन् । एक दिवसिय खेलमा विश्वकपमा फिटनेश नभएको भन्दै उनलाई घर फिर्ता बोलाइएको थियो ।

प्रतिबन्धमा रहेका शहजादले विदेशी लिग खेल्दै आएका छन् । उनले २ टेष्टमा ६९, ८५ ओडीआईमा ६ शतक र १४ अर्ध शतक सहित कुल २७ सय २६ तथा ६४ टि ट्वान्टीमा १ शतक सहित १८ सय ६० रन बनाएका छन् । शहजादको टि ट्वान्टीआईमा स्टाइक रेट १३४ रहँदा २ सय ६ चौका र ६९ छक्का सामेल छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.